728x90 AdSpace

  • Latest News

    Monday, July 25, 2016

    जापानमा आक्रमण : चक्कुले हानेर १९ जनाको हत्या, ४५ जना घाइते

    जापानमा अपाङ्गता भएकाहरुको आवसीय सेवा केन्द्रमा गरिएको चक्कु हमलामा कम्तीमा १९ जना मारिएका छन्।

    स्थानीय संचार माध्यमका अनुसार अरु ४५ जना घाइते भएका छन्।

    सगामिहारा शहरमा मंगलबार सबेरै उक्त घटना भएको हो।

    उक्त आक्रमणको जिम्मा लिदैँ प्रहरी चौकीमा उपस्थित भएको हमलाकारीलाई पक्राउ गरिएको छ।

    नृशंस

    उक्त हमला जापानले हालसम्म नै बेहोरेको खराब आमहत्या मध्ये एक हो।

    २६ वर्षिय हमलाकारी टोक्योबाट २५ माइल दक्षिण पश्चिममा रहेको शुक्युइ यामायुरी गार्डेनको पूर्व कर्मचारी भएको बताइएको छ।

    मानसिक रुपमा अशक्त भएका व्यक्तिहरु राखिने उक्त केन्द्रमा स्थानीय समय अनुसार बिहानको अढाइ बजे प्रवेश गरी उसले त्यहाँ बासिरहेका मानिसहरुलाई चक्कुले हमला गरेको थियो।

    झण्डै १४९ जना मानिसहरु स्थायी बसोबास गर्ने गरेको उक्त केन्द्रमा त्यस बेला आठ जना काममा खटिएका थिए।

    आक्रमण गरेपछि प्रहरी चौकीमा आएर उसले हमलाको जिम्मा लिएको बताइएको छ।

    उक्त आवास केन्द्रको पूर्व कर्मचारी रहेको सो व्यक्तिले प्रहरीलाई आफूले अपाङ्गता भएका व्यक्तिहरु संसारबाट लोप भएको हेर्न चाहेको बताएको थियो।


    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: जापानमा आक्रमण : चक्कुले हानेर १९ जनाको हत्या, ४५ जना घाइते Rating: 5 Reviewed By: Unknown
    Scroll to Top