728x90 AdSpace

  • Latest News

    Tuesday, July 26, 2016

    बाढी, पहिरोको कारण हालसम्म २४ बेपत्ता २८ को मृत्यु, र १०जना घाईते ।

    काठमाडौँ, ११ साउन । गृह मन्त्रालयले केही दिनदेखि परेको अबिरल वर्षाका कारण आएको बाढी, पहिरोका कारण हालसम्म २८ जनाको मृत्यु, २४ जना बेपत्ता र १० जना घाइते भएको जनाएको छ ।  मन्त्रालयका अनुसार प्यूठानमा ६, गुल्मीमा पाँच, पाल्पामा चार, बाग्लुङमा चार, मकवानपुरमा तीन, रुपन्देहीमा दुई र काठमाडौँ, अर्घाखाँची, दोलखा र सर्लाहीमा एक÷एक जनाको मृत्यु भएको छ ।  विपद्कै कारण प्यूठानमा १९, बाग्लुङमा दुई, सुनसरी, सप्तरी र झापामा एक÷एक जना बेपत्ता भएको मन्त्रालयका सहायक प्रवक्ता झङ्कनाथ ढकालले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।बाढीपहिरोको कारण गुल्मीमा तीन,
    काठमाडौँमा दुई, बाग्लुङमा दुई र प्यूठान, दोलखा र अर्घाखाँचीमा एक÷एकजना घाइते भएको गृहमन्त्रालयले जनाएको छ । विपद्का कारण ७५ घर पूर्ण रुपमा र दुई घर आंशिकरुपमा क्षति पुगेको, तिनाउ नदीमा आएको बाढीले ठूलो झुलुङ्गे पुल बगाएको, मोरङमा रङ्गेलीबाट उर्लाबारी जाने पक्की पुल बगाएको विज्ञप्तिमा उल्लेख छ ।

    नारायणी नदीमा पानीको सतह खतराको तहसम्म पुगेको हुँदा चितवन र नवलपरासी जिल्लाका तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन गृहले अनुरोध गरेको छ । घटनाको जानकारी हुनासाथ सुरक्षा निकायका नजिकका इकाई र जिल्ला सदरमुकामबाट समेत उद्धार टोली तत्कालै ती स्थानमा परिचालित भई खोज तथा उद्धार कार्य भइरहेको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयले मनसुन पूर्वतयारी कार्ययोजनाअनुरुप तत्काल खोज, उद्धार र राहत वितरण गर्न सक्नेगरी तयारी अवस्थामा रहन स्थानीय प्रशासनलाई निर्देशन दिइसकेको जनाएको छ ।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: बाढी, पहिरोको कारण हालसम्म २४ बेपत्ता २८ को मृत्यु, र १०जना घाईते । Rating: 5 Reviewed By: Unknown
    Scroll to Top