728x90 AdSpace

  • Latest News

    Monday, July 25, 2016

    आफ्नै निवासमा बोलाएर राष्ट्रपतिले दिइन् प्रमुख दलका नेतालाई यस्तो सुझाव, मान्लान् त उनीहरुले ?

    काठमाण्डु, १० साउन– केपी शर्मा ओलीले प्रधानमन्त्रीको पदबाट राजीनामा दिएसँगै राष्ट्रपति विद्या भण्डारीले प्रमुख तीन दलका नेताहरुलाई शितल निवास बोलाएर छलफल गरेकी छन् । छलफलका क्रममा भण्डारीले दलका नेतालाई सहमतिमा अघि बढ्न आग्रह गरिन् ।


    राष्ट्रपतिको आग्रहलाई स्वीकारेर शितल निवास पुगेका काम चलाउ सरकारका प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उनले देशको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै आपसी सहमति कायम गरी अघि बढ्न सुझाव दिएकी हुन् ।
    जवाफमा तीनै दलका नेताले संविधान कार्यान्वयनका लागि दलीय सहमति आवश्यक भएको स्वीकारेका थिए । सो अवसरमा ओलीले संविधान कार्यान्वयनमा आफुहरुले सधै सहयोगी भूमिका खेलने बताए ।

    Kp-Oli Prachanda n sher deuwa

    त्यसैगरी देउवा र प्रचण्डले आफूहरु राष्ट्रिय एकता, अखण्डता र सर्वभौमसत्ताको पक्षमा रहेको उल्लेख गरे ।

     

    प्रधानमन्त्रीले राजीनामा दिएसँगै बन्ने नयाँ सरकारमा एमाले प्रतिपक्षको भूमिकामा बस्ने लगभव निस्चित छ । त्यसैगरी सरकारमा सहभागी हुने कांग्रेस र माओवादीले मन्त्रालय समेत बाँडफाँड गरिसकेका छन् ।

     

    अबको १२ दिनमा देशले नयाँ प्रधानमन्त्री पाउने छ ।

    Source: kathmandu today
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: आफ्नै निवासमा बोलाएर राष्ट्रपतिले दिइन् प्रमुख दलका नेतालाई यस्तो सुझाव, मान्लान् त उनीहरुले ? Rating: 5 Reviewed By: Unknown
    Scroll to Top