पर्वत,विगतको लामो खडेरीले जिल्लामा काँक्राको बीउ उत्पादन ५० प्रतिशतले घटेको छ । जिल्लाको पाङराङको कर्नासमा चैत÷वैशाखमा आकाशेपानीको अभावले काँक्राको बीउ उत्पादनमा कमी आएको हो । खडेरीका कारण १८ क्विन्टल मात्रै बीउ उत्पादन भएको स्थानीय कृषक धुव्र पाठकले जानकारी दिनुभयो । “अहिलेको जस्तो खडेरीले नोक्सान कहिल्यै गरेको थिएन,” उहाँले भन्नुभयो ।
The Most Beautiful Women In The World By Country
brainberries.co
यस वर्ष आफ्नो घरमा एक क्विन्टल काँक्राको बीउ उत्पादन हुने विश्वास लिएपनि १५ किलो मात्रै उत्पादन भएको पाठकको भनाइ छ । यस्तै स्थानीय बाबुराम भुसालले आफ्नो जमिनमा लगाएको काँक्रोबाट डेढ क्विन्टल बीउ उत्पादन हुने अनुमान गर्नुभएको थियो । तर ८० किलो मात्रै बीउ उत्पादन भयो ।
पाङराङमा ७० भन्दा बढी घरपरिवारले बीउ उत्पादन गर्दै आएका छन् । ‘भक्तपुर लोकल’ जातको काँक्राको बीउ उत्पादन गर्दै आएका त्यहाँका कृषकले विगतमा अनुमानभन्दा बढी बीउ उत्पादन गर्दै आएका थिए । बीउ उत्पादन घटे पनि मूल्य भने किसानले बढी पाएका छन् ।
गत वर्ष प्रतिकिलो रु एक हजार ३५० मा काँक्राको बीउ बिक्री भएकामा यस वर्ष रु एक हजार ६५० मा बिक्री भएको स्थानीय माया पाठकले बताउनुभयो । यस वर्ष काँक्राको बीउ बिक्रीबाट पाङराङमा करिब रु ३० लाख भित्रिएको छ ।
पाङराङमा उत्पादन भएको बीउ कालीमाटी र पोखरामा बिक्री हुने गरेको छ । बीउ खरिद गर्नका लागि व्यापारी गाउँमै पुग्ने गरेका छन् । पाङराङमा यस वर्ष मुलाको बीउ पाँच क्विन्टल र गोलभेँडाको बीउ एक क्वीन्टल उत्पादन भएको छ । मुलाको बीउ प्रतिकिलो रु १५० र गोलभेँडाको बीउ रु दुई हजार २०० मा बिक्री भएको स्थानीयवासी मानबहादुर भुसालले बताउनुभयो ।
काँक्रो, मुला र गोलभेँडाको बीउका लागि जिल्ला कृषि विकास कार्यालयले पाङराङलाई पकेट क्षेत्रका रुपमा विकास गरी आर्थिक र प्राविधिक सहयोग पु¥याउँदै आएको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताउनुभयो । रासस
0 comments:
Post a Comment