काठमाडौं, साउन ११ – चीनले नेपालका सबै राजनीतिक दलले राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर काम गर्नेमा आफू आशावादी रहेको बताएकाे छ । नेपालमा हुने राजनीतिक परिवर्तनले दुईदेशबिचको सम्बन्धमा कुनै पनि असर नपर्ने चीनको विदेश मन्त्रालयले जनाएको छ ।

चीनले केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि पहिलो पटक प्रतिक्रिया दिएको हो । सबै राजनीतिक दल राष्ट्रिय एकता र हितलाई प्राथमिकतामा राखेर स्थिरताका लागि काम गर्नेमा विश्वास रहेको चीनले जनाएको छ ।
चीनको विदेश मन्त्रालयले भनेको छ ‘छिमेकी र मित्र राष्ट्र भएकाले चीन नेपालका सबै राजनीतिक दलले राष्ट्रिय तथा नागरिकको हित पहिलो प्रथमिकतामा राख्ने छन् भन्ने आशा छ, सबै पार्टीले आफूलाई स्थिरता र विकासका लागि समर्पित गर्ने छन् ।’
चीनको विदेश मन्त्रालयले वक्तव्य निकालेर भनेको छ ‘चीन र नेपाल सुख र दुःख दुवैमा एक साथ छन्, आन्तरिक तथा बाह्य परिस्थितिले यसमा कुनै असर गर्दैन, दुई देशबिचको मित्रता र सहकार्यमा कुनै परिवर्तन वा असर पर्ने छैन ।’
Ujyaalo 90 network बाट साभार।
0 comments:
Post a Comment