728x90 AdSpace

  • Latest News

    Monday, July 25, 2016

    राप्रपा र राप्रपा समानान्तरवीच एकीकरण हुँदै

    काठमाडौं, १० साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपाल समानान्तरबीच एकीकरण प्रयास निष्कर्षमा पुगेको छ । दुवै पार्टी बीचको एकता तय भए बमोजिम भोलि साउन ११ गते घोषणासभा आयोजना गरिएको छ । स्रोतका अनुसार, दुवै पक्षका नेतृत्वपंक्ति सहितको उपस्थितिमा राप्रपा तथा राप्रपा नेपाल समानान्तरको एकीकरण सार्वजनिक गरिनेछ । ‘एकीकरण सम्बन्धी सबै आन्तरिक सहमति निश्चित भइसकेको छ, यही उपलब्धि घोषणा सभामार्फत सार्वजनिक गरिने सहमति भएको छ,’ राप्रपा नेपाल समानान्तरका प्रवक्ता सगुन सुन्दर लावतीले बताए । नेपाल राजनीति तथा समाजको विकासक्रमलाई सही मार्ग ल्याउन परम्परागत, राष्ट्रवादी शक्तिको एकताको आम माग भए अनुरुप दुई समान पृष्ठभूमि भएका दलहरुको एकता हुन गइरहेको बताइन्छ । एकीकरण घोषणासभा काठमाडौंको बसुन्धरास्थित दियालो फूडल्याण्डमा मंगलबार दिनको ११.४५ बजे सम्पन्न गरिने कार्यक्रम तय भएको छ । कार्यकर्ताबाट पार्टी एकीकरणको चाहना अभिव्यक्त भए बमोजिम दुई पक्षको वार्ता टोली एकता प्रयासमा जुटेका थिए । राप्रपाको तर्फबाट कोषाध्यक्ष एवं वार्ता संयोजक नीलकण्ठ काफ्ले तथा राप्रपा नेपाल समानान्तरको तर्फबाट महामन्त्री एवं वार्ता संयोजक श्याम तिमल्सिना बीचको वार्ता टोलीहरु आन्तरिक गृहकार्यमा जुटेको थियो । दुई पक्षबीच विभिन्न चरणमा वार्ताहरु सम्पन्न भएको थियो । ‘एकता प्रयासको सफलताले पार्टीपंंक्तिमा नयाँ उर्जा संचार गर्नेछ, यो उपलब्धि पार्टी निर्माणको सन्दर्भमा महत्वपूर्ण कोशेढुंगाको रुपमा स्थापित हुनेछ’, राप्रपाका वार्ता संयोजक निलकण्ठ काफ्ले बताउछन् । ‘मुलुकको विकासक्रमलाई सही मार्गमा अभ्यस्त गराउन राष्ट्रवादी, सम्वद्धर्नवादी शक्तिहरु एकजुट हुनुपर्छ भन्ने जनचाहना अनुकूल पार्टी एकीकरण तय भएको छ । राष्ट्रिय राजनीतिमा राष्ट्रवादी शक्तिको निर्णायक भूमिका आवश्यक भएकोले शक्ति संचयमा हामी जुटेका हौं,’ राप्रपा नेपाल समानान्तरका वार्ता संयोजक श्याम तिमल्सिनाले बताए । २०४६ को राजनीतिक परिवर्तन सँगै वैकल्पिक प्रजातान्त्रिक शक्तिको रुपमा गठन भएको राष्ट्रिय प्रजातन्त्र पार्टी विभिन्न समयकालमा विभाजित भएर छुट्टाछुट्टै स्वरुपमा संगठित थिए । अहिले भने परम्परागत राष्ट्रवादी दल, समूह र व्यक्तिलाई एकतावद्ध गर्ने प्रयास जारी छ । 
    Dainiknepal.com

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: राप्रपा र राप्रपा समानान्तरवीच एकीकरण हुँदै Rating: 5 Reviewed By: Unknown
    Scroll to Top