728x90 AdSpace

  • Latest News

    Sunday, July 24, 2016

    बिदा हुँदा ओलीलाई बाइ बाइ मात्र होइन, ओलीको हाइहाइ पनि

    काठमाडौ । सत्ताबाट बिदा हुँदा आफ्नो हैसितय बढाएको इतिहास नेपालमा सायदै होला ।

    अहिलेसम्मका हरेक प्रधानमन्त्री जाने बेला शिर निहुर्याएरै सत्ताबाट बाहिरिएको तथ्य राजनीतिक इतिहासले बताइसकेको छ । एमाले अध्यक्ष ओलीले भने ती सबै इतिहासभन्दा फरक रुपमा सत्ताबाट बाहिरिएका छन् ।

    देश र जनताका लागि नाफाको जिन्दगी बिताइरहेको बताउने ओली सत्तामा पुग्दाको क्षणभन्दा बिदा हुनेबेला निकै हाइहाइ बनेको आजको राजधानी दैनिकमा समाचार छ ।

    इतिहासको तथ्यकै कारण हरेक प्रधानमन्त्रीलाई निर्वाचित भएके चिन्ता हुन्छ, बिदा हुनबेला आत्मग्लानि नसोस् । तर, अहिलेसम्म त्यो चिन्ता र चासो काम लागेको इतिहास छैन । बिदा हुनेबेला अहिलेसम्मका प्राय सबै प्रधानमन्त्रीमा आरेपको वर्षनै लाग्यो ।

    २०४६ सालको परिवर्तनपछि मनमोहन अधिकारीलेबाहेक हरेक प्रधानमन्त्रीले जाने बेला जनताको विश्वास गुमाए । निकै विवादित पनि बने । त्यही घटनाक्रमका काारण निर्वाचित भएकै दिनबाट हरेक प्रधानमन्त्रीलाई विदाइको क्षण सम्झेर चिन्तित बन्नुपर्यो ।


    तर एमाले अध्यक्ष ओली भने आफूलाई अहिलेसम्मका सबै प्रधानमन्त्रीभन्दा फरक रुपमा उभ्याउन सफल बने । प्रधानमन्त्री निर्वाचित भएको समयभन्दा बिदाइका बेला हाइहाइ बने ।

    बजेटको आश्रति विधेयक फेल भएपछि अल्पमतमा परेका प्रधानमन्त्री ओलीले आफैलाई विस्थापित गर्न आउने अर्का प्रधानमन्त्री चयनका लागि संविधानमा देखिएको अस्पष्टता हटाउँदै बाधा अड्काउ फुकाएर राष्ट्रपति विद्यदेवी भण्डारीसमक्ष राजीनामा बुझाए ।

    त्यससँगै संसद पुगर आफूमाथि लागेका आरोपको सालिन ढंगमा प्रतिवाद गर्दा संसदको मात्र नभइ सिंगो देश ओली तिर केन्दि्रत थियो ।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: बिदा हुँदा ओलीलाई बाइ बाइ मात्र होइन, ओलीको हाइहाइ पनि Rating: 5 Reviewed By: Unknown
    Scroll to Top