728x90 AdSpace

  • Latest News

    Sunday, July 24, 2016

    विप्लवका कार्यकर्ताले बानेश्वर र सामाखुसीमा ट्याक्सी जलाए

    १० साउन, काठमाडौं । विप्लव नेतृत्वको नेकपा माओवादीले नयाँ बानेश्वर र सामाखुसीमा ट्याक्सीमाथि आगजनी गरेका छन् ।

    बानेश्वर मिनभवन उकालो नजिक बा १ ज ५१६२ नम्बरको ट्याक्सीमा आगजनी गरिएको हो  भने सामाखुसीमा बा १ ज२८६ नम्बरको ट्याक्सीमा अागजनी गरिएको हो ।

    ट्याक्सी चढेका व्यक्तिले मिनभवन उकालो नजिक पुगेपछि पेट्रल छर्किएर आगोलगाइ भागेको प्रहरीले जनाएको छ । आगोले ट्याक्सी पूर्णरुपमा क्षतिग्रस्त भएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    विप्लब माओवादीले आयोजना गरेको बन्दको प्रभाव राजधानीमा न्यून देखिएको छ । भाडाका सवारीसाधन कम चलेका भएपनि निजी सवारीसाधान भने निर्वाध चलिरहेको प्रहरीले जनाएको छ । चोक चोकमा प्रहरी उपस्थिति बाक्लो बनाइएको छ  ।

    यसैबीच, चितवनबाट काठमाडौं तर्फ औषधी ल्याउँदै गरेको एक मिनी ट्रकमा बन्दकर्ताले आगजनी गरेका छन् । चितवनमा वन्दका बाबजुत पूर्व पश्चिम राजमार्गमा प्रहरीले स्कटिङ्ग गरेर सवारी साधन सञ्चालनमा ल्याएको गरेको छ ।

    विप्लव माओवादीले गरेको नेपाल बन्दमा बन्दमा चितवन प्रहरीले गन्तब्यमा हिडेका सवारी साधनलाई सुरक्षा दिएर पठाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ  ।

    सुकुम्बासी माथि राज्यले दमन गरेको भन्दै विप्लव माओवादीले गरेको नेपाल बन्दमा देशैभरको जनजीवन प्रभावित भईरहेको अवस्थामा जनजिवन सामान्य बनाउन प्रहरी स्कटिङ्ग गरेर सावारी साधन सुरुचारु गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरिक्षक वसन्त कुवंरले जानकारी दिए । राजमार्गमा सवारी चलाउन प्रहरी उपरिक्षक आफै स्कटिङ्गमा हिडेका छन् ।

    प्रहरी आपटारी, पुल्चोक, केन्दि्रय बस पार्क, गोन्द्रङ्ग लगायतका ठाउँमा सावारी जम्मा गरेर प्रहरी परिचालन गरि राजमार्ग  स्कटिङ्ग गरेर यातायात सुचारु गरेको उनले बताए ।

    प्रहरी जिल्लाको मुख्य राजमार्गमा बिशेष  निगरानी राखी  याताायात सुचारु गरेको छ ।

    वन्द गर्न कोही कार्यकर्ता नआएपनि चितवनको मुख्य बजार नारायणगढ क्षेत्र सुनसान छन् । शैक्षिक सस्था र कलकारखाना पनि पुरै ढप्प भएका छन् । यस्तै राजमार्गमा सवारी सुचारु गर्न कुनै समस्या नभएकाले ढुक्क भएर सवारी साधन सञ्चालन सकिने उनले बताए ।


    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: विप्लवका कार्यकर्ताले बानेश्वर र सामाखुसीमा ट्याक्सी जलाए Rating: 5 Reviewed By: Unknown
    Scroll to Top