728x90 AdSpace

  • Latest News

    Tuesday, July 26, 2016

    पुरानै मन्त्री दोहोरिन खोज्दा माओवादीमा विवाद बढ्यो

    काठमाडौं, साउन १२ । आगामी सरकारको नेतृत्व गर्न लागेको नेकपा माओवादी केन्द्रमा मन्त्रीका आकांक्षी बढेपछि नेतृत्व गम्भीर संकटमा परेको छ ।

    पार्टीबाट मन्त्री चयनका लागि हुने गरेका

    अनौपचारिक छलफलमा आफू पक्षधरलाई महत्वपूर्ण मन्त्रालयसहित मन्त्री बनाउने होडबाजी चलेपछि अध्यक्ष पुष्पकमल दाहाल सरकारको नेतृत्व नगर्दै संकटमा परेका हुन् ।

    अध्यक्ष दाहालले ओली नेतृत्वको सरकारमा सहभागी तीनजना मन्त्रीलाई दोहो¥याएर अन्य नयाँ अनुहारसहितको मन्त्रिमण्डल बनाउने तयारी थाले पनि तीनजनामा पनि को–को जाने भन्ने विवाद देखिएको छ । पुराना तीनजनामा विवाद बढेपछि नयाँ अनुहारमात्र माओवादीबाट मन्त्री बन्ने सम्भावना समेत बढेर गएको छ ।

    स्रोतका अनुसार ओली सरकारका शिक्षामन्त्री गिरिराजमणि पोख्रेल, सामान्य प्रशासन मन्त्री रेखा शर्मा र वनमन्त्री अग्नि सापकोटाको नाम चर्चामा छ । उनीहरुले राम्रो काम गरेकाले पुनः मन्त्री बनाउने दाहालको योजना छ ।

    माओवादी केन्द्रबाट सरकारमा सहभागी हुने र ओली नेतृत्वको सरकारबाट नहोदोरिने नेताहरुमा जनार्दन शर्मा, कृष्णबहादुर महरा, राम कार्की, प्रभु शाह, हितराज पाण्डे, महेन्द्रबहादुर शाही, टेकबहादुर बस्नेत, गौरीशंकर चौधरी, सीता नेपाली लगायतको नाम चर्चामा छ । –राजधानी दैनिकबाट

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: पुरानै मन्त्री दोहोरिन खोज्दा माओवादीमा विवाद बढ्यो Rating: 5 Reviewed By: Unknown
    Scroll to Top