728x90 AdSpace

  • Latest News

    Saturday, July 9, 2016

    युवाहरु बजेट कार्यान्वयनको ‘गोठालो’ बन्नुपर्छ : महासचिव पोखरेल

    काठमाडौँ– नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सरकारले ल्याएको बजेटको कार्यान्वयनका लागि युवाहरुले ‘गोठालो’ झैँ पहरेदारी गर्नुपर्ने बताएका छन् ।
    ishwor

    युवा सङ्घ नेपालले आज यहाँ आयोजना गरेको माथिल्लो सगरमाथाका तीन जिल्लाका युवा अगुवा कार्यकर्ताको भेलामा महासचिव पोखरेलले सरकारले बजेट ल्याएपछि त्यो स्वतः कार्यान्वयन हुन्छ भन्ने नसोच्न र त्यसमा हुने ढिलाइ वा अनियमिततामा खबरदारी गर्न आग्रह गरेका हुन् ।

    उनले सरकारले ल्याएको बजेट सन्तुलित भएको र माथिल्लो सगरमाथाको विकासका लागि पनि प्राथमिकतायुक्त रहेको बताए ।

    कार्यक्रममा ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बुका विभिन्न सांसद, जिल्ला नेता, भ्रातृ सङ्गठनका त्यस क्षेत्रका पदाधिकारी सहभागी रहेको सङ्घका प्रवक्ता प्रभातविक्रम कटवालले जानकारी दिए ।

    यसैबीच, ढाडको समस्याका कारण मीनभवनस्थित सु–स्वास्थ्य अस्पतालमा भर्ना भएका एमालेका वैकल्पिक केन्द्रीय सदस्य विशाल भट्टराईको स्वास्थ्यस्थिति बुझ्न आज महासचिव पोखरेल र सूचना तथा सञ्चारमन्त्री शेरधनकुमार राई अस्पताल पुगेका थिए । भट्टराईको स्वास्थ्य सुधारोन्मुख रहेको छ ।Ratopati 

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: युवाहरु बजेट कार्यान्वयनको ‘गोठालो’ बन्नुपर्छ : महासचिव पोखरेल Rating: 5 Reviewed By: Unknown
    Scroll to Top