728x90 AdSpace

  • Latest News

    Friday, July 15, 2016

    बलिउड इतिहासमै नयाँ रेकर्ड , एक हजार करोडमा बेचियो सलमान खानको स्याटेलाइट राइट्स

    एजेन्सी , बलिउड सुपर स्टार सलमान खानको फिल्मको कमाइका साथ- साथ अर्को एक नयाँ इतिहास बनाएका छन । सलमान खानले आफ्नो आगामी दस फिल्मको टेलिभिजनमा संसारभर टेलिकास्टका लागि १००० करोड भारुमा सम्झौता गरेका छन् । यसमा केहि वर्षका लागि टीबी संग गरिएको सम्झौता पनि सामेल भएको छ ।

    हिजो मात्र अर्का बलिउड सुपर स्टार ऋतिक रोशनले आगामी ६ वर्षका लागि ५५० करोड भारुमा स्याटेलाइट राइट्स बेचेर रेकर्ड बनाएका थिए । सम्झौता अनुसार ऋतिक रोशनले एक फिल्म बराबर ९२ करोड भारु पाउने छन् । यता सलमानले गरेको सम्झौता अनुसार हरेक फिल्मले १०० करोड भारु पाउने छ । यस अघि सलमान खानले १० वर्षका लागि स्टार नेटवर्कका संग ५०० करोड भारुको सम्झौता गरेका थिए ।


    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: बलिउड इतिहासमै नयाँ रेकर्ड , एक हजार करोडमा बेचियो सलमान खानको स्याटेलाइट राइट्स Rating: 5 Reviewed By: Unknown
    Scroll to Top