१,मेष :-(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
व्यापार ब्यबसायबाट लाभ हुनेछ ,आफ्नो नजिकको साथीभाइसंग सल्लाह लिनु होला ,स्त्रीको कारणले खर्च हुने योग छ ,टाउको र कफको रोगले सताउन सक्नेछ |
२,वृष :-(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
भाई बैनी र स्त्रीजति बाट सहयोग मिल्नेछ ,आफ्नो दैनिक जीवन यापनमा नंया परिवर्तनको महशुस हुनेछ,अचानक यात्राको योग रहेको छ,भोजनको कारणले शरीर अस्वस्थ हुनसक्नेछ |
३,मिथुन :-(का,कि,कु,घ,ङ्ग ,छ,के,को,हा)
परोपकार तिर मन लाग्नेछ जसले गर्दा आफुलाई पनि राम्रो हुनेछ,आजबाट नया कार्यको सुरुवात हुनेछ जसको कारणले भविष्यमा पनि लाभदायक हुनेछ,स्वास्थ्य सामान्य रहनेछ |
४,कर्कट :-(हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
मानशिक तनावबाट मुक्ति मिल्नेछ,कसै व्यक्तिप्रति महत्वपुर्ण सहयोगी साबित हुनुहुनेछ,भुमि बाहन सम्बन्धि महत्वपुर्ण कार्य हुनेछ,दाहिने हातमा चोट लाग्ने सम्भावना छ |
५,सिंह :-(मा,मि,मु,मे,मो,टा,टी,टु,टे)
कामको सिलसिलामा रहेको सबै समस्या हरुको समाधान मिल्नेछ,साथीभाइको सहयोग प्रशस्त मिल्नेछ,सवारी साधन प्रयोग गर्दा अलि होश पुर्याउनु होला,शरीरमा आलश्यता बढ्नेछ |
६,कन्या:-(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
मन लगाएर गरेका कामहरु पुरा हुनेछन ,सन्तान सुख प्राप्त हुनेछ,कुनै नया योजनाहरु पनि बन्नेछन ,परिवारजन प्रति खर्च बढ्ने सम्भावना छ,जल सम्बन्धि रोगले सताउने छ |
७,तुला:-(रा,रि,रु,रे,रो,ता,ति,तु,ते )
घरजग्गा सम्बन्धि विवादको टुंगो लाग्नेछ,नया मित्रसंग भेट हुन सक्नेछ,सन्तान सुख प्राप्त होला,अनावस्यक खर्चले मन अशान्त हुन सक्नेछ ,पुरानो बिरामीले सताउने छ |
८,वृश्चिक:-(तो,ना,नि,नु,ने,नो,या,यी,यु )
दिन शुभदायक छ,परिवारमा कुनै सदस्यलाई सहयोग गर्नुपर्ने हुनसक्छ ,आत्मबिश्वाश बढ्नेछ ,पुर्व वादविवादहरुपनिसबै नशा होला,थकान र आलश्यले सताउने छ |
९,धनु:-(ये,यो,भा,भी,भू,धा,फा,ढा,भे)
धन आर्जनको नया उपाय मिल्नेछ,आफूप्रति उत्तरदायी भएर अगाढी बढ्दा महत्वपुर्ण कार्यको सुरुवात हुन सक्नेछ,जबरजस्ती कार्य पुरा गर्न नखोज्नुहोला ,सामान्य रुघाखोकीले सताउनेछ |
१०,मकर:-(भो,जा,जी,जु,जे,जो,खा,खी,खु,खे,खो,गा,गी)
कर्म गरे अनुसारको फल मिल्ने योग छ,रोकिएको कार्यमा केहि प्रगति मिल्नेछ,पत्नी सुख मिल्नेछ,धन दौलतको बिषयमा विवाद नगर्नु होला हानी हुनेछ,पेटको समस्या हुनेछ|
११,कुम्भ :-(गु,गे,गो,सा,सी,सु,से,सो,दा)
आफ्नो कामप्रति दत्तचित्त रहनु होला,ब्यापारमा लाभ कम हुनेछ,रिष इर्ष्या र तनावले आक्रान्त पार्न सक्नेछ,समयता अपनाउनु होला,थकान र निन्द्राले सताउने छ |
१२,मीन:-(दी,दु,थ,झ,ञा,दे,दो,चा,ची)
अचानक धन प्राप्ति तथा पुरस्कारले खुशीको महशुश हुनेछ,प्रेम,विवाह आदिमा सफलता प्राप्त हुनेछ,अनावश्यक वादविवादबाट बच्नु पर्ला ,कफको रोगले सताउने छ |
( ओएस नेपाल )
0 comments:
Post a Comment