तर, कार्कीले आर्थिक प्रलोभनमा परेर डिएनएलाई समेत अस्वीकार गर्दै फैसला गरेको उनले बताए । भावुक बन्दै गुरुङले कार्कीको गलत फैसलाका कारण आफूले सर्वस्व गुमाउनु परेको बताएपछि सांसदहरु स्तब्ध बनेको समितिका एक सदस्यले रातोपाटीलाई जानकारी दिए ।
चितवन पटिहानीका गुरुङ र शिवनगरकी निता गुरुङको मुद्दामा कार्कीले २०६७ जेठ ११ गते डीएनए परीक्षणलाई अकाट् प्रमाण मान्न नसकिने फैसला गरी श्रीमान श्रीमतीको नाता कायम हुने फैसला गरेकी थिइन् ।
शिवनगरका राजु गुरुङबाट छोरा जन्माएकी भनिएकी नीता गुरुङले पटिहानीका राजीव गुरुङलाई पति दाबी गर्दै दिएको मुद्दामा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठ र हरिजंग सिजापतीले नीता गुरुङकी पत्नी हुन् कि शिवनगरका राजु गुरुङकी पत्नी हुन् भन्ने कुरालाई डीएनए परीक्षणबाट पत्ता लगाउने निर्णय गरेको थियो ।
त्यो निर्णयपछि २०६४ फागुन २८ गते राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा दुबै पक्षको रक्तपरीक्षण भएको थियो । प्रयोगशालाको रिपोर्टले नीता पटिहानीका गुरुङकी पत्नी नभएको खुलेको थियो ।
तर, अदालतमा पेश भएको उक्त रिपोर्टलाई तत्कालिन न्यायाधीश कार्कीले अस्वीकार गर्दै राजीव र नीता नै श्रीमान भएको फैसला गरेकी थिइन् ।
उक्त विवादित फैसलाका कारण कार्की अब प्रधानन्यायाधीश हुने योग्य या अयोग्य भन्नेमा अन्यौलता बढेको छ।
उनीविरुद्ध अरु ५ ओटा उजुरी परेको बताइएको छ । जसमध्ये राजीव गुरुङको फैसला र पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको मिलेमतोमा न्याय परिषद्ले गरेको सर्वोच्च अदालतका न्यायाधीश सिफारिसविरुद्ध परेको रिट निवेदनमा भएको फैसला बढी विवादमा छ ।
उनीविरुद्वको उजुरीकर्ता ६ जना भएपछि आज तीन जनामात्रै छलफलमा सहभागि भएको बताइएको छ ।
उजुरीमाथि बिहान छलफल सम्पन्न भएसँगै केहिबेरपछि उनीबारे सुनुवाइ हुँदैछ । उनलाई सुनुवाईको लागि समितिको कार्यकक्षमा बोलाइएको छ ।Ratopati
0 comments:
Post a Comment