728x90 AdSpace

  • Latest News

    Saturday, July 9, 2016

    रणवीर–दीपिकाबीच इन्गेजमेन्ट?

    लामो समयदेखिको प्रेम जोडी भनिएका रणवीर सिंह र दीपिका पादुकोणबीच इन्गेजमेन्ट भएको हल्ला फिँजिएको छ। केही सञ्चारमाध्यमले यी दुईबीच ब्रेकअप भएको हल्लाकाबीच इन्गेजमेन्ट भएको लेखेका छन्।
     
    तर, यससम्बन्धमा रणवीर–दीपिकाले केही बोलिसकेका छैनन्।
     
    भारतीय सञ्चारमाध्यमका अनुसार केही महिना पहिले सिंह र पादुकोण परिवारबीच बिहेको छलफल भएको थियो। र यसकै सिलसिलामा इन्गेजमेन्ट भएको बताइएको छ।
     
    केही समयअघि यी दुईबीच ब्रेकअपको हल्ला नचलेको पनि होइन। त्यसो त हालै सम्पन्न आइफा अवार्डमा रणवीरले स्टेजमा प्रस्तुति दिइरहँदा दीपिकाले दिएको फ्लाइङ किसले बलिउड केही समय गर्माएको  थियो। अहिले गर्माउने अर्को मसला मिलेको छ, इन्गेजमेन्ट।
     
    यी दुईको ब्रेकअपको हल्लाकाबीच एक भारतीय पत्रिकाले दीपिकासँग अन्तरवार्तामा यससम्बन्धमा सोधेको थियो। जब उनले उत्तर दिइन्, ‘म यसबारे केही बोल्न चाहन्नँ। तर, रणवीर मेरो जिन्दगीको अहम् हिस्सा हो र सधैं रहिरहनेछ। यो सत्य हो र बदलिने छैन।’
     
    यद्यपी इन्गेजमेन्टको खबर भने कति सत्य हो? दीपिका–रणवीरलाई नै थाहा छ!

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: रणवीर–दीपिकाबीच इन्गेजमेन्ट? Rating: 5 Reviewed By: Unknown
    Scroll to Top