काठमाडौं – अर्चना पनेरु अभिनित फिल्म जीस्म सेन्सर बोर्डबाट पास भएको छ । यस फिल्म १६ बर्ष मुनिका बालबालिकाले हेर्न नमिल्ने सेन्सर बोर्डले जनाएको छ । १ घण्टा ५५ मिनेटको यस फिल्ममा राखिएका कुनै पनि दृश्यहरु काटिएका छैनन् । निर्देशक गिरीले फिल्ममा जतिपनि दृश्य राखेका छन् त्यो सबै हेर्न दर्शकले पाउने भएका छन् ।
निर्देशक गिरीले आफूले जतिपनि फिल्ममा सिनहरु राखेका थिए, त्यो सबै पास भएकामा खुसी व्यक्त गरेका छन् । आफूले देखाउन खोजेको सिन सबै दर्शकमाझ देखाउन पाएकोमा गिरीले खुसी ब्यक्त गरेका हुन् ।
फिल्ममा बोलिएका केहि संवादहरुमा भने सेन्सर बोर्डले सेन्सर लगाएको छ । भिडियो दृश्यमा सेन्सर नलगायता पनि बोलिएका संवादलाई सच्याउन लगाएको छ । फिल्ममा वेश्या, चरेश जस्ता शब्दहरुलाई सेन्सर लगाइएको निर्देशक गिरीले बताए ।
0 comments:
Post a Comment