728x90 AdSpace

  • Latest News

    Saturday, July 9, 2016

    बुहारीलाई गुप्ताङ्ग र मुखमा लाठी कोचेर मारियो, हामीलाई घरबाटै धपाइयो !

    pidit1
    काठमाण्डु, २५ असार– कञ्चनपुर बेदकोट नगरपालिका वडा नम्बर १ चम्फापुरका राना परिवार आफ्नी बुहारी र छोरीको हत्याराको खोजी गर्दै राजधानी आएका छन् ।

    जेठ २२ गते मृत फेला परेकी रामदुलारी रानाको हत्यारा पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाउन स्थानीय प्रहरीले ढिलासुस्ती गरेपछि मृतकका सासु, ससुरा, छोरासहित अधिकारकर्मीहरु राजधानी आएका हुन् ।

    शनिवार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा मृतककी सासु विटो रानाले जेठ १८ गते राती स्थानीय प्रकाश मल्ल र उनका परिवारका सदस्यहरुले बुहारी र आफूहरुमाथि आक्रमण गरेर घरबाट भाग्न बाध्य बनाएको मा २२ गते बुहारीको शब खेतमा गुप्ताङ्ग र मुखमा लट्ठी कोचिएको अवस्थामा फेला परेको बताइन् ।

    उनले आफूहरुले यस विषयमा स्थानीय प्रहरी चौकीमा प्रकाशसहित इन्द्रबहादुर, डम्मरा, मीना, लक्ष्मी र नवल मल्ल घटनामा संलग्न गरेको किटानी जाहेरी दिन खोज्दा समेत लामो समयसम्म बेवास्ता गरेर उल्टै अपमानित गर्ने गरेको गुनासो गर्दै लामो समयको आन्दोलनपछि जाहेरी दर्ता भएपनि अहिले आरोपित मध्ये प्रकाशलाई मात्रै मुद्दा चलाइएको बताइन् ।

    स्थानीय प्रहरीबाट आफूहरुले घटनाको सत्यतथ्य पत्ता लगाउने कार्यमा देखाएको लापरवाही र अन्य आरोपीलाई बचाउने खेल खेलेपछि आफूहरु बाध्य भएर न्यायका लागि राज्यलाई गुहार्न काठमाण्डु आउनुपरेको बताइन् ।

    प्रधानमन्त्री, गृहमन्त्री, महिला आयोग, मानवअधिकार आयोगमा ज्ञापनपत्र बुझाइसकेका उनीहरुले आफूहरुलाई न्याय दिलाउन पहल नगरे राजधानीको सडकमै सुतेर आन्दोलनमा उत्रने चेतावनी रानाले दिइन् ।

    उनले आफ्नी बुहारीलाई प्रकाशले जवरजस्ती आफ्नो बनाउने प्रयास गर्ने क्रममा बचाउन प्रयास हुँदा मल्ल परिवारले आएर निर्धात कुटपिट गरेपछि आफूहरु घर छाड्न बाध्य भएको गुनासो पत्रकार सम्मेलनमा गरिन् ।

    Kathmandu today 
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: बुहारीलाई गुप्ताङ्ग र मुखमा लाठी कोचेर मारियो, हामीलाई घरबाटै धपाइयो ! Rating: 5 Reviewed By: Unknown
    Scroll to Top