728x90 AdSpace

  • Latest News

    Monday, July 11, 2016

    महोवादीले सरकार आजै छाड्ने सम्भावना

    काठमाडौं–देशका दुई प्रमुख वामपन्थी दलको नौ महिना लामो सत्ता गठबन्धन आज अन्त्य हुने सम्भावना छ । बजेटपछि सत्ता हस्तान्तरण गर्ने भद्र सहमति ओलीले कार्यान्वयन नगरे मंगलबार आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी माओवादी केन्द्रले गरेको छ ।

    पार्टीको म्यान्डेटअनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रिय सहमतिको सरकार गठनका लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्री केपी ओलीसँग आग्रह गरेका छन् । संविधानको कार्यान्वयन, पुनर्निर्माणलगायतका काम एमाले नेतृत्वको गठबन्धनबाट सम्भव नदेखिएको भन्दै प्रचण्डले ओलीसँग बाटो खोलिदिन आग्रह गरेका हुन् । सत्तासाझेदार माओवादीले पहिलोपटक प्रस्ताव गरेको हो ।

    राजीनामा दिन ओलीलाई प्रचण्डको आग्रह

    बिहान १२ बजेसम्म पार्टी हेडक्वार्टरको बैठकमा सरकारकै एजेन्डामा केन्द्रित रहेर छलफल गरेका प्रचण्डले त्यसपछि कांग्रेस र एमाले शीर्ष नेताहरूसँग छलफल गरेका छन् । प्रचण्ड कांग्रेस सभापति देउवासँग छलफल गर्न दिउँसो ३ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय पुगेका थिए । झन्डै आधा घन्टा देउवासँग छलफल गरेपछि साँझ ५ बजे प्रधानमन्त्री ओलीसँग भेट गर्न प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका थिए । बालुवाटारमा उनले प्रधानमन्त्रीसँग झन्डै साढे २ घन्टा छलफल गरेका थिए ।

    ‘आइतबार बेलुकी बालुवाटारमा सत्तापक्षीय दलहरूको छलफल भएको थियो । छलफलले सहमति गरेर आउन दुई पार्टीका दुई शीर्ष नेताहरूलाई आग्रह गरेको थियो, यता पार्टीले पनि राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न अध्यक्ष प्रचण्डलाई नै जिम्मा दिएको थियो,’ प्रचण्डका स्वकीय सचिव जोगबहादुर महराले भने, ‘त्यहीअनुसार कांग्रेस र एमालेका शीर्ष नेताहरूसँग राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि अध्यक्षले छलफल तीव्र पार्नुभएको छ । छलफल खुला भएको छ, निष्कर्ष निस्केको छैन । मंगलबार पनि छलफल हुन्छ ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: महोवादीले सरकार आजै छाड्ने सम्भावना Rating: 5 Reviewed By: Unknown
    Scroll to Top