728x90 AdSpace

  • Latest News

    Sunday, July 17, 2016

    डा केसीको अनशनः कतै समर्थन, कतै विरोध

    काठमाडौँ, २ साउन । चिकित्साशास्त्र अध्ययन संस्थानका चिकित्सक डा गोविन्द केसीले उठाएका स्वास्थ्य क्षेत्रका माग जायज भएको नेपाल चिकित्सक सङ्घले जनाएको छ ।

    सङ्घका महासचिव डा मुक्तिराम श्रेष्ठले केसीले उठाएका चिकित्सा शिक्षा र यसको क्षेत्रमा सुधार गर्नुपर्ने विषयमा आफूहरुले पनि पटक–पटक आवाज उठाएको बताउनुभयो ।

    यहाँ आज अखिल नेपाल विद्यार्थी युनियनले आयोजना गरेको ‘नेपालमा चिकित्सा शिक्षाको अवस्था र सरोकारवालाको भूमिका’ विषयक अन्तक्र्रियामा उहाँले चिकित्सा क्षेत्रलाई निजीकरण गर्दा माफिया बढ्ने डर भएको उल्लेख गर्नुभयो ।

    उहाँले भन्नुभयो, “स्वास्थ्यका डा केसीले उठाएका धेरै माग जायज छन् । सरकारले धेरै पटक ती माग पूरा गर्ने भनी सम्झौता पनि गरेको छ । तर कार्यान्वयनको अभावमा पुनः अनशन बस्नुपर्ने अवस्था आउनु दुःखद कुरा हो ।”

    अखिल नेपाल विद्यार्थी युनियनका अध्यक्ष प्रविण मिश्रले चिकित्सा शिक्षामा मौलाइरहेको निजीकरणलाई निरुत्साहित गर्दै चिकित्सा शिक्षा, स्वास्थ्यजस्ता विषयमा सरकारको पूर्ण स्वामित्व हुनुपर्ने माग गर्नुुभयो । यस्तो सेवा र सुविधालाई जनतामा समान ढङ्गबाट वितरण हुनुपर्छ । योग्यताका आधारमा पढ्ने वातावरणको सिर्जना गरिनुपर्छ ।

    नेकपा (माले) निकट अखिल पाँचौँका उपाध्यक्ष मीनबहादुर शिवाकोटीले चिकित्सा शिक्षा पढ्न विद्यार्थी लामो समयदेखि सङ्र्घषरत रहे पनि माफिया भने शिक्षाको व्यापार गरिरहेको आरोप लगाउनुभयो । नेपालमा चिकित्सा पढेर रोजगारीको ग्यारेन्टी नहुँदा धेरै राम्रा चिकित्सक विदेशिनु परेको उहाँको भनाइ थियो ।

    सरकारले ‘एक गाउँ एक डाक्टर’को धारणा ल्याए पनि त्यसको कार्यान्वयन चुनौतीको विषय भएको उहाँको भनाइ थियो । यसैबीच, नेपालको शिक्षा क्षेत्रलाई धरासायी बनाएर विदेश विद्यार्थी पठाउने चलखेल बढ्न थालेको भन्दै त्यस्ता निकायलाई प्रोत्साहन दिन नहुने माग गर्दै एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालको अगुवाइमा आज काठमाडौँमा ¥याली निकालिएको छ ।

    डाक्टर गोविन्द केसीको आन्दोलन नै पिच्छेका फरक–फरक मागका कारण नेपाली विद्यार्थी बाहिर पठाउने उद्देश्य रहेको भन्दै त्यस्ता अभियानलाई प्रोत्साहन गर्न नहुने भन्दै भृकुटीमण्डपबाट निस्किएको विरोध ¥याली बागबजार, पुरानो बसपार्क, त्रिपुरेश्वर, थापाथली हुँदै माइतिघरमा पुगेर कोणसभामा परिणत भएको थियो ।

    एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष डाक्टर भोला रिजालले कसैको समर्थन र विरोधमा आफूहरु सडकमा नआएको भन्दै नेपालमा मेडिकल शिक्षाको स्तर कसरी बढाएर अन्तर्राष्ट्रिय जगतमा पु¥याउन सकिन्छ भन्ने सोच्न बाध्य बनाउन आएको उल्लेख गर्नुभयो ।

    इन्जिनियर दीपक भट्टराईले डा केसीलगायत सीमित व्यक्तिले निजी क्षेत्रलाई माफिया भनेर लगाएको आरोप गलत भएको बताउनुभयो । उहाँले सबैलाई एउटा एउटा विषय समाएर राजनीति गर्नुपर्ने भएकाले केसीले पनि राजनीति गर्ने माध्यम निजी मेडिकल कलेजको विषय बनाएको दाबी गर्नुभयो ।

    चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको विभिन्न माग राख्दै डा केसी विगत आठ दिनदेखि शिक्षण अस्पताल महाराजगन्जमा आमरण अनशन बसिरहनुभएको छ ।

    यसैबीच, राष्ट्रिय मानवाधिकार प्रतिष्ठानले पनि आज एक अपिल प्रकाशित गरी डा केसीसंग विगतमा भएका सहमति किन कार्यान्वयन भएनन् भन्ने प्रश्न गर्दै उहाँसंग फलदायी वार्ता गरी अविलम्व समस्याको समाधान खोज्न र डा केसीको जीवनरक्षा गर्न जोडदार माग गर्नुका साथै कालान्तरमा ठूलो समस्या आउने भएकाले आमरण अनसनको मार्ग तत्काल बन्द गर्न डा केसीलाई पनि अपिल गरेको छ ।पुर्वेली न्यूज 

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: डा केसीको अनशनः कतै समर्थन, कतै विरोध Rating: 5 Reviewed By: Unknown
    Scroll to Top