कतार, २८ असार । सिरियाको उत्तरी भागमा काम गर्दै आएका आफ्ना एक पत्रकार सोमबार रसियाली हवाई आक्रमणमा परी मृत्यु भएको अलजजिरा टेलिभिजनले बताएको छ । पत्रकार इब्राइम अल ओमारको प्रत्यक्ष रिपोर्टिङ गर्न सिरियाको उत्तरी इदलिव इलाकामा रहेको अवस्थामा सिरियाली राष्ट्रपति बसार अल असादको सरकारलाई सहयोग पु¥याउँदै आएको रसियाली हवाई बलले गरेको आक्रमणका क्रममा मृत्यु भएको हो ।
ओमारसँगै उक्त आक्रमणमा पाँच जना सिरियाली नागरिकको मृत्यु भएको थियो । यस घटनासहित अलजजिराले सन् २०११ पछि सिरियामा सुरु भएको रक्तपातपूर्ण द्वन्द्वका क्रममा समाचार सङ्कलन गर्ने छ जना पत्रकारलाई गुमाएको छ ।
0 comments:
Post a Comment