728x90 AdSpace

  • Latest News

    Monday, July 11, 2016

    युरो कपको फाइनलमा नेपाली झण्डा


    आइतबार राति भएको युरो कप फुटबलको फाइनल खेल हेर्न स्टेडियममा उपस्थित हजारौँ दर्शकबिचमा नेपाली झण्डासहित दुई जना नेपाली पनि थिए । उनीहरु नेपाली झण्डा फहराउँदै विश्व फुटबल उत्सवमा सहभागी भए । 
    फ्रान्स र पोर्चुगलबिचको रोमाञ्चक फाइनल खेलको प्रत्यक्ष साक्षी अमित श्रेष्ठ र राजेन्द्र गुरुङ नेपाली झण्डा फहराउँदै विश्व फुटबल उत्सवमा सहभागी भए । 
    हुन्डाई मोटर्सका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलद्वारा आयोजित ‘हेल्लो हुन्डाई ओनर्स’को  विजेता भएर उनीहरु फ्रान्स गएका हुन् । 
    हुन्डाईले अनलाइन मार्फत दर्ता भएका आफ्ना ग्राहक मध्येबाट लक्की ड्रको आधारमा उनीहरुको नाम छनौट गरेको थियो । मैतिदेवीका अमित र सामाखुशीका राजेन्द्र पोर्चुगलको पहिलो युरो कप जितमा स्टेडियममै पुगेर रमाउन पाए । 

    तस्बिर : हुण्डाई नेपालको फेसबुक पेजबाट 

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: युरो कपको फाइनलमा नेपाली झण्डा Rating: 5 Reviewed By: Unknown
    Scroll to Top