728x90 AdSpace

  • Latest News

    Saturday, July 9, 2016

    डेल्पामा स्याउको उत्पादन घट्यो ,किसानलाई मर्का

    २५ असार, डोल्पा (दुनै) । यार्सागुम्बा पछिको डोल्पाको चिनारी डोल्पाली स्याउ यस वर्ष तुलनात्मक रुपमा कम फल्यो ।  कर्णालीमै स्वादिष्ट स्याउ फल्ने डोल्पाका बस्तीमा लगाइएका रुख कतिपय खाली देखिन्छन् । फले पनि गत वर्षभन्दा पातलो फलेको स्याउ कृषकले बताए ।

    स्याउ उत्पादन भए पनि बजारको अभावमा घरमै थन्किने डोल्पाली स्याउ यस वर्ष उत्पादनमा गिरावट आउने कृषि विकास कार्यालय डोल्पाले जनाएको छ ।

    स्याउ फुल्ने समयमा खडेरीका साथै हावाहुरीले गर्दा केही झारेको केही फूल नै सुकेकाले स्याउ उत्पादनमा गिरावट आउने सङ्केत देखिएको कार्यालयले जनाएको छ ।  गत वर्ष ८०० मेट्रिक टन उत्पादन भएकोमा यस वर्ष ५०० मेट्रिक टनमात्र उत्पादन हुने अनुमान गरिएको छ ।

    अन्य बस्तीमा स्याउ कम फलेको अवस्थामा समसितोष्ण तरकारी उत्पादन केन्द्र जुफालमा भने स्याउ गत वर्षको तुलनामा राम्रो र धेरै फलेको प्रमुख दशरथ पाण्डेले बताए ।

    उचित व्यवस्थापनको कारण धेरै स्याउ फलेकोे उनले बताउनुभयो । यस वर्ष ४० बोटमा स्याउ लटरम्म फलेको र यसबाट एक लाख ५० हजार रूपैयाँसम्म राजस्व सङ्कलन हुने अनुमान गरिएको उनले बताए । डोल्पामा रेड डेलिसियस, गोल्डेन, चक्लेटी जातका स्याउ लगाइएको छ ।

    डोल्पाका सुँ, जुफाल, लिकु, दुनै, रह, त्रिपुराकोट, रिमी, काइगँउलगायतका दर्जनौँ गाविसमा स्याउ उत्पादन हुने गर्दछन् । डोल्पाली स्याउ नेपालगन्ज, सुखेत, जाजरकोट, रुकुमलगायतका जिल्लामा निर्यात हुने गर्दछ ।

    डोल्पाका प्रमुख फलफूलको रुपमा स्याउ, दाँते ओखर, कागतीलगायतका फलफूल हुन यसको व्यावसायिक उत्पादनमा जोड दिए डोल्पालीको जीवनस्तर अझै उकालो लाग्ने कार्यालयको भनाइ छ ।online khabar 

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: डेल्पामा स्याउको उत्पादन घट्यो ,किसानलाई मर्का Rating: 5 Reviewed By: Unknown
    Scroll to Top