728x90 AdSpace

  • Latest News

    Tuesday, July 19, 2016

    टीकापुर घट्नापछि प्रहरीले थारु समुदायमाथि वदला आक्रमण गरेको एमनेष्टीको आरोप


    काठमाडौँ, ५ साउन - एमनेष्टी इन्टरनेशनलले पश्चिम तराईका आदिवासी थारु समुदायलाई गतबर्ष प्रहरीसहितको हत्यासंग जोडेर गैरकानुनी पक्राउ, यातना तथा दुर्व्यवहार भएको उल्लेख गरेको छ।

    मंगलबार प्रतिवेदन सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी संस्थाले टीकापुर घट्नापछि थारु समुदायले भोग्नु परेको समस्याहरुका बारेमा बोलेको हो। गतबर्ष भदौ ७ गतेका दिन आठ प्रहरी र एक बालकको हत्या भएको घट्नामा संलग्नताको आरोपमा पक्राउ परेकाहरुसंग कुराकानी गर्दा ति तथ्यहरु बाहिर आएको उसले जनाएको छ। 

    एमनेष्टीले कैलालीको धनगढी जेलमा राखिएका थुनुवाहरुसंग कुराकानी गर्दा गैरकानुनी रुपमा पक्राउ गरेर हत्या, हत्याको प्रयास र लुटपाटको आरोप लगाइएको पाएको उल्लेख गरेको छ। 

    ‘थारु नेपालमा लामो समयदेखि उनीहरुको मानव अधिकार हनन गरिएका र सिमान्तिकरणमा पारिएका समुदाय हुन्’ एमनेष्टीका दक्षिण एशिया निर्देशक चाम्प पटेलले भनेका छन्, ‘यि घट्नाहरु सामान्य होइन, थारु समुदायलाई लामो समयदेखि प्रहरीले गर्दै आएको ज्यादतिको श्रृंखला हो।’

    हत्याको घट्ना भएको दिन थारु समुदायले संघीय संरचनामा प्रदेशहरुको सीमाको बिषयलाई लिएर र छुट्टै थारुहट प्रदेशको माग राखेर प्रदर्शन गरेका थिए। त्यही बेला प्रहरीले अश्रुग्यास प्रहार गरेका थिए। केही प्रदर्शनकारीले एक एसएसपीसहित आठ प्रहरीको हत्या गरेको थियोभने एक बालकको पनि हत्या भएको थियो। आजको कान्तिपुर दैनिकमा खबर छ।


    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: टीकापुर घट्नापछि प्रहरीले थारु समुदायमाथि वदला आक्रमण गरेको एमनेष्टीको आरोप Rating: 5 Reviewed By: Unknown
    Scroll to Top