728x90 AdSpace

  • Latest News

    Thursday, July 21, 2016

    जबरजस्ती धर्म परिर्वतन गराउनेलाई जेल

    श्रावण ६, २०७३- बालबालिकालाई जर्बजस्ती धर्म परिर्वतन गराएको अभियोगमा पक्राउ परेकी चिनिमाया ब्लोन पूर्पक्षका लागी जेल चलान भएकी छिन् । हिन्दु परिवारका बालबालिकालाई कोठामा राखेर जर्बजस्ती क्रिश्चियन बनाएको अभियोग लागेका जेरुसेलम एन्टीवन चर्चका सञ्चालक हरिबहादुर तामाङ ५० हजार धरौटीमा छुटेका छन् ।

    माया अनाथ आश्रमको नाममा अबैध बालगृह चलाएर विकट जिल्लाका कमजोर आर्थिक अवस्थाका ५ देखि १३ वर्षका बालबालिकालाई शोषण गरेको भन्दै महानगरीय प्रहरी परिसर ललितपुरले असार १० मा १४ बालबालिकाको उद्धार गर्दै ब्लोनलाई पक्राउ गरेको थियो । परिसरका अनुसार उनले बालबालिकालाई धनकुटाबाट काठमाडौं ल्याएर स्वयंम्भू हुँदै शंखमुलको  चर्चमा राखेकी थिइन् ।

    अनुसन्धानमा चर्चमा राखिएका बालबालिकालाई कोठाबाट बाहिर निस्कन नदिई हिन्दुधर्मावलम्बी परिवारका बालबालिकालाई क्रिस्चियन धर्मको प्रार्थना गर्न लगाएको आरोपमा प्रहरीले दुवै जनालाई पक्राउ गरेको थियो ।

    दुबै जनाविरुद्ध दर्ता भएको मानव ओसारपसार र धर्म परिवर्तन उद्योग मुद्धामा जिल्ला अदालत ललितपुरले बिहीबार ब्लोनलाई पुर्पक्षको लागि कारागार चलान गरेको हो ।Ekantipur 

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: जबरजस्ती धर्म परिर्वतन गराउनेलाई जेल Rating: 5 Reviewed By: Unknown
    Scroll to Top