728x90 AdSpace

  • Latest News

    Sunday, July 17, 2016

    आजको राशिफल – मिति वि.सं. २०७३ साल साउन ३ गते सोमबार तदानुसार इश्वी सन् २०१६ जुलाई १८ तारिख

    आजको राशिफल – मिति वि.सं. २०७३ साल साउन ३ गते सोमबार तदानुसार इश्वी सन् २०१६ जुलाई १८ तारिख
    उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    परिस्थितिले अप्ठ्यारोमा पार्न सक्छ। स्वास्थ्य कमजोर रहनाले काममा जुट्न नसकिएला। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। अरूको समेत जिम्मेवारी वहन गर्नुपर्दा थकित भइनेछ। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। सहयोगको आशा देखाउनेहरूबाट धोका हुन सक्छ। रोकिएका काम तत्काल नदोहोर्याउनुहोला।
    बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    पहिलेका समस्या दोहोरिन सक्छन्। परिस्थितिले अलि अप्ठ्यारो मोडमा पुर्याउन सक्छ। चिताएको काममा बाधा पुग्नेछ भने दौडधुपमै समय बित्नेछ। विशेष योजना स्थगित हुन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला। लेनदेनको विवादले अप्ठ्यारो पार्न सक्छ। हुलमुलमा धनमाल जोगाउन सजग रहनुहोला।
    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
    वातावरण रमाइलो रहे पनि परिस्थितिले निराश तुल्याउन सक्छ। केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला। सोचेको लाभ नमिल्न सक्छ। आफन्तसँग असमझदारी बढ्न सक्छ। पतिपत्नीमा पनि अविश्वास बढ्ने योग छ। मेहनत गर्दा सामान्य आम्दानी भइरहनेछ। अनियन्त्रित खर्चले मन पिरोल्न सक्छ। पहिलेको सम्झौताले अप्ठ्यारोमा पार्न सक्छ, सचेत हुनुहोला।

    कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    मेहनत गर्दा जटिल ठानिएको काम समेत सम्पादन गर्न सकिनेछ। अधिकारका लागि जुट्नुपरे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्ला। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन्। दोहोर्याएर प्रयत्न गर्दा रोकिएका काम बन्न सक्छन्। अरूले आँट्न नसकेको काम आफ्ना लागि लाभदायक बन्न सक्छ।
    सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    अस्वस्थताले काममा ढिलासुस्ती हुनेछ भने अप्रिय समाचारले निराश तुल्याउन सक्छ। पढाइलेखाइमा समय दिन नसकिएला। व्यापारमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन समस्या पर्ला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। धैर्यसाथ जुट्नुहोला, समय लागे पनि काम बन्नेछ। लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ।
    कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    बेसुरमा काम गर्ने बानीले मेहनत खेर जानेछ। पुरानो गतिले पनि काम बिग्रन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ।

    तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
    नयाँ काम प्रारम्भ गर्ने समय छ। व्यापारमा मनग्य धनलाभ हुनेछ। शुभचिन्तकहरूले राम्रो सहयोग जुटाउनेछन्। छोटो समयमा उपलब्धि हात पार्ने अवसर प्राप्त हुनेछ। विभिन्न भौतिक साधन संग्रह गर्ने मौका छ। प्रतिद्वन्द्वीहरूलाई पछि पार्न सकिनेछ। चिताएको काम पनि पूरा हुन सक्छ। नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ। बिनाप्रतिस्पर्धा धनलाभ हुनेछ।
    बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
    आर्थिक रूपमा राम्रै फाइदाको योग छ। सहयोगीहरूले साथ दिनेछन्। बोलीको भरमा काम सम्पादन हुनेछ। विचारले धेरैलाई आकर्षण गर्ने बेला छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ। मान–सम्मान पाइनेछ भने प्रशंसकहरू पनि बढ्नेछन्।
    धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    प्रतिष्ठित कामले हौसला जगाउनेछ। सहयोगीहरूको साथले आत्म–विश्वास बढाउनेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला। कामबाट फुर्सद मिल्नेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। पारिवारिक जमघटले मनमा आनन्द दिलाउनेछ।

    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    अवसरका लागि निकै दौडधुप गर्नुपर्ला। खर्चको मात्रा पनि बढ्ने समय छ। आफन्त एवं नजिकका साथीभाइबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। कमजोरी लुकाउँदा पछि परिनेछ। समस्या दर्साउँदा टाढाका साथीभाइले सहयोग जुटाउन सक्छन्। वैदेशिक क्षेत्रबाट पनि लाभ लिन सकिनेछ। लामो यात्रा सम्भावना छ।
    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
    मनग्य लाभ हुने काम प्रारम्भ गर्ने समय छ। साझेदारीमा पनि फाइदा हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा प्रशस्त फाइदा हुनेछ। आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। विभिन्न भौतिक साधनहरू जुट्नेछन् र सोचेभन्दा राम्रै फाइदा हुनेछ।
    मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ भने आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ। दीर्घकालीन काममा जग बसाउने अवसर प्राप्त हुनेछ। कला, साहित्यजस्ता क्षेत्रमा रुचि बढ्नेछ। व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ।

    नेपाली पात्रोबाट साभार 

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: आजको राशिफल – मिति वि.सं. २०७३ साल साउन ३ गते सोमबार तदानुसार इश्वी सन् २०१६ जुलाई १८ तारिख Rating: 5 Reviewed By: Unknown
    Scroll to Top