728x90 AdSpace

  • Latest News

    Tuesday, July 19, 2016

    खाडीबाट बर्सेनि ५ खर्ब भित्रिँदै

    मुलुकमा भित्रिने रेमिट्यान्समध्ये बर्सेनि करिब ७१ प्रतिशत खाडी मुलुकबाट आउने गरेको छ। यो रकम करिब ४ खर्ब ९४ अर्ब ७० करोड रुपैयाँ हुन आउँछ। कान्तिपुर दैनिकमा समाचार छ।

    खाडी राष्ट्रहरुमध्ये पनि साउदी अरब, कतार, कुबेत, युनाइटेड अरब इमिरेट्स र बहराइनबाट मात्र त्यत्ति रकम आउने गरेको हो। विश्व बैंकको तथ्यांकअनुसार नेपालको कुल रेमिट्यान्समा सबैभन्दा धेरै (करिब २९ प्रतिशत) कतारबाट आउँछ।

    साउदी अरबबाट २६ दशमलब ५६, युनाइटेड अरब इमिरेट्सबाट साढे ११ प्रतिशत, कुबेतबाट ३ दशमलब ८४ प्रतिशत र बहराइनबाट ० दशमलब ०३ प्रतिशत रेमिट्यान्स भित्रिदै आको छ।

    यो तथ्यांक सन् २०१५ मा भएको आप्रवाहका आधारमा बिश्व वैंकले तयार पारेको हो। उक्त वर्ष करिब ६ खर्ब ५७ अर्ब ६० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: खाडीबाट बर्सेनि ५ खर्ब भित्रिँदै Rating: 5 Reviewed By: Unknown
    Scroll to Top