मोरङ, साउन ६/ मोरङको उर्लाबारी–१ मा अवस्थित ओम सत्य साई पेट्रोल पम्प अगाडि गत असार २१ गते भएको दुर्घटनाबाट मृत्यु भएकी कविता धिमालका आफन्तले आफूहरुलाई कानूनी न्याय दिलाउन माग गरेका छन् । सञ्चार क्लब नेपाल उर्लाबारीमा कविताका आफन्तले पत्रकार सम्मेलन गरी आफूहरुलाई क्षतिपूर्तिभन्दा पनि दोषीलाई कानूनी कारबाहीको माग गरेका छन् । मोटरसाइकलले स्कुटीलाई ठक्कर दिदा उक्त घटना भएको थियो । दुर्घटनमा परी पथरीशनिश्चरे–२ कि कविता धिमालको मृत्यु भएको थियो भने मृतककी छोरी अनिशा धिमाल घाइते भएकी थिइन् ।
ठक्कर दिने मोटरसाइकल चालक झापा विर्तामोडका अरुण भन्ने आकाश खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । मोटरसाइकल चालक खड्काको सवारी चालक अनुमति–पत्र नभएको पाइएको छ ।
उक्त दुर्घटना बा ७४ प ३९३४ नम्बरको मोटरसाइकलले मे ४ प ४७४३ नम्बरको स्कुटीलाई ठक्कर दिंदा भएको थियो । पीडकका मान्छेहरुले आपूmहरुलाई अनावश्यक दबाब दिएकाले बाध्य भएर पत्रकार सम्मेलन गर्नुपरेको मृतकका श्रीमान् इन्द्र धिमालले जानकारी दिए ।
उनले क्षतिपूर्ति दिन्छाै भन्दै तनाब दिने र आफ्नो मृतक श्रीमतीको नाममा बिचौलिया बढेकोमा आपत्ति जनाए । लाइसेन्स नलिई सवारी कुदाउँदै ज्यान लिनेलाई कानूनी कठघरामा उभ्याउनुपर्ने पीडित पक्षको माग छ ।
तस्बिर ः मृतककी छोरी अनिशा र श्रीमान् इन्द्र धिमाल पत्रकार सम्मेलनमा ।
0 comments:
Post a Comment