728x90 AdSpace

  • Latest News

    Tuesday, July 19, 2016

    दुनियाँकै धनी मन्दिर, जसमा ७ टन सुन, ३० टन चाँदी छ

    भारतको तिरुपति मन्दिरलाई स्वर्ण मन्दिर पनि भनिन्छ । यो दुनियाँकै सबैभन्दा धनी मन्दिर हो । यस अर्थमा धनी की यो मन्दिर दुनियाकै बढि सुनचाँदी भएको मन्दिर हो ।

    यो मन्दिरको ढुकुटीमा ७ टन सुन रहेको छ र दिनहुँ श्रद्धालुले चढाउने सुनका कारण मन्दिरमा सुनको मात्रा बढिरहेको छ । यति मात्र होइन । यो मन्दिरमा ३० टन चाँदी तथा १ टन बहुमुल्य पत्थर समेत रहेको छ ।

    मन्दिरमा करोडौँ मूल्यको सुनचाँदी थुपि्रएपछि तिरुपति मन्दिरले थुपि्रएको सुन सरकारलाई बुझाउने योजनामा भाग लिएको छ । जस अनुसार सरकारलाई दिने सुनबाट मन्दिरलाई ब्याज आउनेछ ।

    मन्दिर व्यवस्थापनले पन्जाब नेसनल बैंकमा १.३ टन सुन जम्मा गरेको छ । स्टेटै बैंकमा रहेको थप एक टन सुनलाई पनि मन्दिरले पन्जाब बैंकमा सार्दैछ ।

    त्यस्तै मन्दिरको अरु डेढ टन सुन इन्डियन ओभरसिज बैंकमा राखिएको छ । तिरुपति मन्दिरले सरकारको सुन जम्मा गर्ने योजना जिडिएस अन्तरगत ४ टन सुन सम्मा गरिसकेको छ र यस बापत हरेक वर्ष ब्याज स्वरुप ८० किलो सुन आर्जन गर्दछ ।

    एक तथ्यांक अनुसार भारत सरकारसँग ५ सय ५७ दशमलब ८ टन सुन रहेको छ । आम भारतीयहरुसँग निजी सम्पत्तिको रुपमा २२ हजार टन सुन रहेको छ ।
    अनलाइन साझा खबरबाट साभार गरिएको छ।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: दुनियाँकै धनी मन्दिर, जसमा ७ टन सुन, ३० टन चाँदी छ Rating: 5 Reviewed By: Unknown
    Scroll to Top