728x90 AdSpace

  • Latest News

    Saturday, July 9, 2016

    मेसीले स्पेन छाड्ने ।

    बार्सिलोना—स्पेनिस फुटबल लिग ला लिगाका अध्यक्ष जाभिएर टावेसले लियोनल मेसीले कर छली प्रकरणमा जेल  सजाय पाएपछि स्पेनिस लिग छाड्ने डर भएको बताएका छन्। यता स्पेनिस संचार माध्यमहरुले मेसीका पिता जर्जले इङलिस प्रिमियर टोली चेल्सीका मालिकलाई भेटेको समाचार बाहिर ल्याएपछि यो सम्भावना अझ चुलिएको देखिन्छ।

    टेवासले मेसी निर्दोष रहेको र वित्तीय बजारमा आएको आर्थिक मन्दीको कारण मेसीपनि समस्यामा परेको बताए। उनले भने, ‘मेसी निर्दोष छन्, उनी कुनै अपराधी होइनन् ,हामी चहान्छौ मेसी स्पेनमा नै रहून्।’

    गत बुधबार स्पेनको एक अदालतले अर्जेन्टिाइन पूर्व  कप्तान तथा वार्सिलोनाका स्टार  मेसी र उनका पिता जर्ज मेसीले सन् २००७ देखि २००९ काबीचमा ४.६ मिलियन डलर कर छलेको आरोपमा २१ महिना जेल सजाय सुनाउनुका साथै उनीहरुलाई क्रमश १.७ र १.३ मिलियन युरो जरीवाना समेत तिर्न आदेश दिएको थियो। 

    तर अपराधिक दोषी नभएका कारण उनीहरु जेलमा भने बस्नु पर्ने छैन। स्पेनी कानुन अनुसार अपराधिक घटनामा मात्र जेल सजाय हुने गर्दछ ।मेसीका वकिलले भने यसका विरुद्ध सर्वोच्च अदालतमा अपिल गर्ने बताइसकेका छन् ।
      हालै अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका मेसी १३ वर्षको उमेरमा नै स्पेनिस क्लब बार्सिलोनामा अबद्ध भएका थिए ।मेसीले भने आफू बार्सिलोनामा नै खुशी रहेको भन्दै  कुनै प्रिमियर टोलीबाट खेल्न इच्छा नभएको बताउँदै आएका छन्।nagarik news 

     

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: मेसीले स्पेन छाड्ने । Rating: 5 Reviewed By: Unknown
    Scroll to Top