728x90 AdSpace

  • Latest News

    Saturday, July 9, 2016

    पृथ्वीनारायण र भानुभक्तको योगदान बिर्सन नहुने

    पृथ्वीनारायण शाहले भौगोलिक एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्त आचार्यले सांस्कृतिक र भाषिक एकीकरण गरेको इतिहास बिर्सन नहुनेमा आज यहाँ आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।

    भानुभक्तको २०३औँ जन्मजयन्तीका अवसरमा अभिनव साहित्य समाजले आज जोरपाटीमा आयोजना गरेको आदिकवि विशेष कवि गोष्ठी एवम् लोक साहित्य कार्यक्रममा साहित्यकार एवम् कलाकारले यस विषयमा जोड दिनुभएको हो ।


     
    नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य–सचिव डा जीवेन्द्रदेव गिरीले आधुनिक नेपाल निर्माणका लागि संस्कृत साहित्यका कवि वाल्मीकिले लेख्नुभएको रामायणलाई नेपाली भाषामा अनुवाद गरी भानुभक्तले सांस्कृतिक र भाषिक एकीकरणको काम गरेको बताउनुभयो ।

    “पृथ्वीनारायणले भौगोलिक एकीकरण गरेको जगमा भानुभक्तले सांस्कृतिक र भाषिक एकीकरण गर्नुभयो, यसलाई बिर्सने हो भने नेपाललाई नै बिर्सेसरह हुन्छ” – उहाँले भन्नुभयो ।

    लोकगायक नन्दकृष्ण जोशीले राष्ट्रको भौगोलिक, सांस्कृतिक र भाषिक एकीकरणको इतिहासलाई मेटाउन खोज्नेले नेपालको अस्तित्व पनि मेटाउन सक्ने भएकाले सचेत हुनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा रत्ननिधि रेग्मी, घनश्याम प्रसाईं, मेनका पोखरेल, विमल अर्याललगायत २२ जना कवि एवम् कवयित्रीले भानुभक्तले नेपाली भाषा संस्कृतिमा पु¥याएको योगदानसम्बन्धी कविता वाचन गर्नुभयो ।

    समाजले प्रत्येक महिनाको अन्तिम शनिबार जोरपाटीमा साहित्यिक कार्यक्रम गर्दै आएको छ । रासस

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: पृथ्वीनारायण र भानुभक्तको योगदान बिर्सन नहुने Rating: 5 Reviewed By: Unknown
    Scroll to Top