नरिवलको पानी विभिन्न रोगहरुका लागि अचुक औषधी मानिन्छ । यसको नियमित सेवनले निकै ठुला रागहरु पनि निको हुने विशेषज्ञहरु बताउँछन् ।
जानीराखौ यस्ता रोगहरुका लागि नरिवलको पानी अमृत समान रहेको छ ।
१. गर्मी गडेकोमा– नरिवालको पानी केही दिन नियमित १ , १ ग्लासको दरले खाने गर्नाले गर्मि गढेको निको हुन्छ ।
२. पिसाब खुलाउने– गर्मीले गर्दा अलि–अलि पिसाब हुने, राम्ररी खुलस्त भएर नआउने रोगमा बिहान बेलुका नरिवलको पानी खाने गरे पिसाब खुलेर आउनेछ ।
३. रगत सफा गर्ने– ताजा नरिवल पानी सेवन गर्ने गरेमा रगत बढाउँछ र स्वच्छ हुन्छ पार्दछ ।
४. घाउ खटिरामा– घोच्ने, पोल्ने घाउमा नरिवलको तेल र बेसार फिटेर लगाए ठीक हुन्छ ।
५. गर्मीले टाउको दुखेमा– नरिवलको तेलले टाउकोमा मालिस गर्ने गरेमा गर्मीले दुख्ने टाउको ठीक हुन्छ ।
६. अल्काईको रोगमा – नरिवलको बाहिरको जटा पोलेर खरानी बनाउने तथा एक ग्लास दहीमा फिटेर बिहान, बेलुका खाने गरेमा केही दिनमा नै अल्काई रोग ठीक हुन्छ अथवा तुलसीको पात १०,१२ वटा खाएर पानीले निल्ने र तुलसीको पातको लेदो नरिवलको तेलमा फिटेर गुद्धद्वारको घाऊमा लगाउने गरेमा ठिक हुन्छ ।
७. कपाल राम्रो पार्न – नरिवलको तेल टाउकोमा हाल्ने गरेमा कपाल कालो, लामो, बलियो, बाक्लो हुनलाई पूर्ण मद्दत गर्दछ ।
८. जुका परेमा –नरिवलको पात पोलेर खरानी बनाएर छानेर बिहानरबेलुका एक एक चम्चा खाँद ा साधारण जुक र नाम्ले जुका आदि रोग निर्मुल भएर जान्छ ।
९. कलेजोको रोगमा –नरिवलको जराको पानी एक एक चम्चा खाने गरेमा एक दुई हप्तामै कलेजो सम्बन्धी रोगमा फाइदा हुन्छ ।
१० . श्वासनलीको रोगमा – नरिवलको जराको पानी एक एक चम्चा खाने गरेमा दम खोकी सम्बन्धी रोेग ठीक हुन्छ तथा श्वासनली आदि बलियो बनाई रोग निको पार्छ ।
११. शीतपित्त भएमा –नरिवलको तेलमा कपुर मिसाएर मालिस गर्नाले शीतपित्त ठीक हुन्छ अथवा नीमको तेलमा कपुर हालेर मालिस गर्नाले चिसोबाट हुने पित्त, खटिराहरु ठीक हुन्छ ।
१२. कान दुख्ने, पिप आउने , खटिरा आदि भएमा – ठूलो चम्चाको ४ चम्चा शुद्ध तोरी वा नरिवलको तेलमा ६ गेडा लसुन, सानो चम्चा आधा चम्चा हिङ र सानो चम्चा १ चम्चा सिदेनूनको धूलो तेलमा कालो पार्ने र छानेर सिसीमा राख्ने र आवश्यकता अनुसार कान सफा गरी बिहान्बेलुका ४,४ थोपा हाल्नाले कानको रोग निको हुन्छ ।
१३ . दाद भएमा – सेतो करवीरको जरा २ चम्चा लेदोमा २ डाडु नरिवलको तेलमा डढाएर झिक्नुहोस् र कपडाले छानेर दादहरुमा लगाउनुहोस् बिस्तारै ठीक हुँदै जान्छ ।
0 comments:
Post a Comment