728x90 AdSpace

  • Latest News

    Saturday, July 9, 2016

    धरानका विभिन्न स्थानबाट ठूलो परिणामको लागू औषधसहित ५ जना प्रक्राउ

    धरान, २६ असार : धरानमा फेरि लागू औषध कारोबारी सल्बालाउन थालेका छन् । धरानलाई टाजिन्स पोइन्ट बनाएर डिलर समेत सञ्चालन गरी पूर्वका विभिन्न जिल्लामा लागू औषध कारोबारी गर्ने गिरोह सक्रिय भएसंगै प्रहरीले यसको नियन्त्रणमा ध्रानका विभिन्न चेकपोष्टमा कडाइ गरेसंगै केही समय सुनसान भएको धरान फेरि लागू औषध कारोबारी सल्बलाउन थालेका हुन् ।
    पछिल्लो समयमा धरान प्रहरीले धरानका विभिन्न स्थानबाट ठूलो परिणामको लागू औषधसहित ५ जनालाई प्रक्राउ गरी सार्वजनिक गरेबाट धरानमा लागू औषध कारोबारीको संख्यामा वृद्धि भएको स्पष्ट भएको हो । प्रहरीले असार २२ र २३ गते दुई दिनभित्रमा धरानका विभिन्न स्थानबाट ५ जना लागू औषध कारोबारी, लागू औषध विक्री वितरणको प्रयोजनको लागि प्रयोग गर्ने सवारी साधन र नगदसहित प्रक्राउ गरी सार्वजनिक गरेको हो ।
    पक्राउ पर्नेमा विराटनगर ६ मोरडका ३० बर्षिया सन्तोष मन्डल, सोही स्थानमा घर भई धरान ३ बस्ने बर्ष २४ का आकाश भनिने कमल सहनी, सोही स्थानका बर्ष २७ का मनोज तामाड, धरान ११.का सानो भाई भनिने वीरबहादुर भुजेल र सँेही स्थानका १७ बर्षीय सुरेन गिरीलाई प्रक्राउ गर्न सफल भएको हो । पक्राउ परेका मन्डल, सहनी र तामाडलाई धरान १५ विशालचौकबाट १ सय एमएलको कोरेश ३५ बोतल, स्पास्मोप्रोक्सिभन ५ सय ३६ क्याप्सुल सहित निजहरुले लागू औषध विक्री वितरणमा प्रयोग गर्ने गरेको को ५ प ५३३८ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।
    यसैगरी विगतदेखि नै प्रहरीको खोजीमा रहेका लागू औषधका डिलर मानिएका धरानका सानुभाइ भनिने रवि भुजेललाई समेत पक्राउ गर्न सफल भएको छ । प्रहरीले धरान ११ मा रहेको आफ्नै घरको भान्सामा लुकाइराखेको २२ किवी काठसहित डाल्डा घिउ रा््ख्ने डमभित्र लुकाइराखेको ६९ एम्पुल डाइजेलाव, ६९ ए्म्पुल लुपिजैसिक, ६९ ए्म्पुल एभिलसहित नगद ४८ हजार ५ सय बराबल गरी आवश्यक अनुन्धान थालिएको डिएसपी खतिवडाले जानकारी दिनुभयो ।
    त्यसैगरी धरान प्रहरीले धरान ११ का १७ बर्षीय सुरेश गिरीलाई समेत धरान ८ बरगाछीबाट भारीमात्रामा लागू औषध सहित पक्राउ गर्न सफल भएको छ । प्रक्राउ पर्ने गिरीलाई भने नया तरिकाबाट लागू औषध विक्री गर्दै गर्दा प्रक्राउ गरेको थियो । गिरीले दाया खुट्टाको तिघ्रामा बाधेर २० ए्म्पुल डाइजेलाव, २० एम्पुल लुपिजैसिक र २० एम्पुल एभिल विक्री गर्न जादै गर्दा प्रहरीले प्रक्राउ गरेको थियो । प्रक्राउ परेका पाचै जनालाई लागू औषध कारोबार ऐन अन्तर्गत कारबाही गरिने र सानुभाईबाट पक्राउ गरिएको काठ इलाका वन कार्यालय धरानलाई बुझाइने डिएसपी खतिवडाले जानकारी दिनुभयो ।
    स्रोत: पुर्बेलीन्युज

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: धरानका विभिन्न स्थानबाट ठूलो परिणामको लागू औषधसहित ५ जना प्रक्राउ Rating: 5 Reviewed By: Unknown
    Scroll to Top