728x90 AdSpace

  • Latest News

    Saturday, July 9, 2016

    तीन महिना भित्र तपाईंको हातमा 'फोर जी'

    कमजोरीबाट हैरान हुनुहुन्छ ? नआत्तिनुस् इन्टरनेट उपोभाेक्तालाई झन्झटमुक्त सुविधा बाँड्न चौथो पुस्ताको सेवा अर्थात 'फोर जी' छिट्टै तपाईको हातमा आइपुग्दै छ ।


    सरकारले ढिलोमा तीन महिनाभित्र इन्टरनेट उपभाेक्तालाई अत्याधुनिक 'फोर जी' सेवा उपलब्ध गराउँदै छ । यो सेवा अहिले चल्तीमा रहेको तेस्रो पुस्ता 'थ्री जी' मोबाइल नेटवर्कभन्दा भन्डै पाँचगुणा छिटो चल्ने छ ।


    सूचना तथा सञ्चार मन्त्रालयले दुईसताभित्रै 'फ्रिक्वेन्सी' नीति परिमार्जन गरी यस्तो सुविधा दिन लागेको हो । प्राविधिकका अनुसार 'फोर जी' छिटोमात्र नभई सस्तो पनि हुनेछ । सरकारी चौथो पुस्ताको फोर जी मोबाइल नेटवर्क अनमति तयारीसँगै उपभोक्ताका लागि नेपाल दूरसञ्चार कम्पनी तथा एनसेलले पनि यो सेवा प्रदान गर्ने तयारी थालिसकेका छन् । नागरिक दैनिकमा समाचार छ ।


    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: तीन महिना भित्र तपाईंको हातमा 'फोर जी' Rating: 5 Reviewed By: Unknown
    Scroll to Top