728x90 AdSpace

  • Latest News

    Saturday, July 9, 2016

    कोइलाबाट तेल निकाल्ने योजना पूरा गर्न अध्ययनका लागि सरकारी टोली चीन जाँदै

    काठमाण्डु, २६ असार– कोइलाबाट तेल निकाल्ने विषयमा अध्ययन गर्न नेपाली टोली चीन जाँदैछ । आइतबार बिहान ११ बजे प्रस्थान गर्ने टोलीको नेतृत्व आपूर्तिसचिव श्रीधर सापकोटोले गर्दै छन् । उनीसँग मन्त्रालयका उपसचिव अर्जुनराज पन्त, आयल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्का, पेट्रोलियम इन्जियिनर विजय सत्याल र एक जना पेट्रोलियम इन्जिनियर पनि जाँदैछन् ।

    भ्रमण टोलीमा उद्योग मन्त्रालयका प्रतिनिधि पनि छन् ।
    नेपालले कोइलाबाट तेल निकाल्ने इच्छा देखाए चीनले सहुलितपूर्ण ऋण लगानी गर्ने प्रतिबद्धता जनाइसकेको स्रोतले बतायो । कोइलाबाट तेल निकाल्ने प्रविधि पनि चीनमा मात्रै रहेछ । प्रविधिमा पनि सहयोग गर्छु भनेर चीनले आश्वासत पारेको छ–स्रोतले भन्यो । नयाँ पत्रिकाबाट



    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: कोइलाबाट तेल निकाल्ने योजना पूरा गर्न अध्ययनका लागि सरकारी टोली चीन जाँदै Rating: 5 Reviewed By: Unknown
    Scroll to Top