728x90 AdSpace

  • Latest News

    Sunday, July 17, 2016

    केसीका मागबारे छलफल गर्न तुरुन्त संसद बोलाउनु पर्छः गगन थापा

    नेपाली कांग्रेसका नेता गगन थापाले त्रिवि शिक्षण अस्पतालमा अनसनरत डाक्टर गोविन्द केसीका मागबारे छलफल गर्न तुरुन्त संसद बैठक बोलाउनु पर्ने बताएका छ।
     
    चिकित्सा शिक्षा सुधारसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउनु पर्ने माग राखी अनसनमा बसेका  केसीको आन्दोलनमा ऐक्यवद्धता जनाउन आइतबार  शिक्षण अस्पताल पुगेका थापाले केसीका माग जायज भएको बताए। ‘उहाँ उस्तै माग राखेर आठ पटकसम्म अनसनमा बस्नुभएको छ’, थापाले भने ‘अब उहाँको स्वास्थ्य पनि बिग्रिसकेको छ। उहाँका मागबारे छलफल गर्न तुरुन्त संसद बैठक बोलाउनु पर्छ। ’
     
    थापाले संसदका समिति उपसमितिमा पनि  यसअघिका अनसनकै बेलादेखि केसीका मागका बारे छलफल भइसकेकाले अख्तियार प्रमुख कार्कीलाई महाअभियोग लगाउने  विषयमा सभामुखले  रुलिङ नगर्नु दुर्भाग्यपूर्ण भएको बताए। 
     
    ‘छ गते सम्म कुर्नै पर्दैन। सभामुखले चाहनुभयो भने जतिबेला पनि बैठक डाकेर केसीका मागबारे संसदमा छलफल गर्न सकिन्छ’, थापाले भने। 
     
    थापाले केसीको आन्दोलन थिति बसाल्ने आन्दोलन भएकाले सरकार र सदनले यसमा तुरुन्त चासो राख्नुपर्ने बताए।  केसी अनसन बसेको आज आठौं दिन भएको छ। 

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: केसीका मागबारे छलफल गर्न तुरुन्त संसद बोलाउनु पर्छः गगन थापा Rating: 5 Reviewed By: Unknown
    Scroll to Top