728x90 AdSpace

  • Latest News

    Sunday, July 17, 2016

    युएईमा कार्यरत नेपाली महिलालाई एनआरएनको प्रशिक्षण

    युएई । एनआरएन एनसीसी युएईको महिला विभागले अलऐन र सारजहाँमा नेपाली महिलाहरुलाई जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

    गत शुक्रबार फरकफरक स्थानमा रहेका दुई नेपाली क्याम्पमा पुगेर अत्यावश्यक जानकारीहरु प्रदान गरिएको अभियानकी संयोजक तथा एनआरएन युएईकी महिला विभाग प्रमुख कल्पना राईले जानकारी दिइन् ।

    युएईमा रहँदा केही समस्या आइपर्यो भने के गर्ने ? कसलाई खबर गर्ने ? नेपाली दूतावास, स्थानीय प्रहरी, एम्बुलेन्स, अस्पताल, एनआरएन हेल्प केन्द्र आदि विविध विषयमा अनभिज्ञ नेपाली महिलाहरुलाई प्रशिक्षण प्रदान गर्ने उदेश्यले यो कार्यक्रम गरिएको संयोजक राईले बताइन् ।

    प्रशिक्षणमा लैंगिक समानता, यूएईका नीतिनियम, कामदारका हक तथा अधिकारका बारेमा पनि नेपाली महिलाहरुलाई जानकारी गराइएको एनआरएन युएईका प्रवक्ता बालकृष्ण मरासिनीले बताए ।

    युएई सरकारले सबै देशका नागरिकलाई समान व्यवहार गर्ने भएका कारण कोही कसैको प्रभावमा नपर्न, लैंगिक अत्याचार भएमा सम्बन्धित निकायमा उजुरी गर्न, कसैको प्रलोभनमा नपर्न, आफ्नो कामभन्दा अन्यत्र कुनै गतिविधिमा भाग नलिन एनआरएनको टोलीले नेपाली महिलाहरुलाई जानकारी गराएको थियो ।

    युएईका सातै राज्यमा रहेका नेपाली महिलाहरुलाई केन्दि्रत गरेर हरेक इमिरेटमा मासिक रुपमा जनचेतनामूलक कार्यक्रम गर्ने एनआरएन महिला विभागको योजना छ ।


    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: युएईमा कार्यरत नेपाली महिलालाई एनआरएनको प्रशिक्षण Rating: 5 Reviewed By: Unknown
    Scroll to Top