728x90 AdSpace

  • Latest News

    Wednesday, July 20, 2016

    अनलाइनमा कमेन्ट हेर्दा विरक्त लाग्छ : प्रम

    प्रधानमन्त्रीको टिप्पणी उनकै शब्दमा
    हामीले केलाई स्वतन्त्रता भन्ने भन्ने बुझ्नुपर्छ । अश्लील, असामाजिक तवरले कोही बोल्दै हिँड्यो भने, कराउँदै हिँड्यो भने त्यो हक त उसलाई छ, तर हकको दुरुपयोग गरेकोमा नियन्त्रण गर्नुपर्ने हुन्छ । कोही नांगै हिँड्न खोज्यो भने त्यसलाई बस्त्र लगाइदिएर औषधालय पुर्याउनुपर्ने हुन्छ ।
    अहिले एउटा गाली बेइज्यतीको टे्रण्ड देखिएको छ । यसो कुनै अनलाइन खोलेर पढ्नोस त भन्ने हो भने तपाईहरु कसैले पनि पढ्न सक्नुहुँदैन । के-के लेख्छ लेख्छ । अश्लील कसरी लेख्छन् ? कसरी पढ्न सकेको होला ? हामी समाजलाई कता लाँदैछौं ? कुनै कुरामा चित्त बुझेन भने पनि त्यसमा असहमति प्रकट गर्ने हाम्रो शैली, हाम्रो विधि कस्तो हुनुपर्छ ? यस कुरामा ध्यान दिइनुपर्ने स्थितिमा हामी पुगेका छौं ।
    यसो कुनै अनलाइन हेर्यो भने, खासगरी कमेन्ट हेर्यो भने कमेन्टका नाममा जे आउँछ, कति तल छौं हामी । विरक्त लाग्छ । कति तल जाँदैछौं हामी । कसैका बारेमा पनि बोल्दा सभ्यताको, मर्यादाको कुनै एउटा अंश पनि छैन । यो हामी देख्छौं र विचित्र लाग्छ । अधिकारका नाममा भइरहेको यो चिज अधिकार होइन भन्ने हामीले थाहा पाउनुपर्छ ।
    सञ्चार क्षेत्रले जसरी व्यापकता लिँदैछ, घृणित, अपमानित सामाजिक लाञ्छना लगाइदिने, उसका वैयक्तिक कुरालाई उछाल्ने यो ट्रेण्ड छ ।
    हामीले के भाषा सिकाउने ? आजका बच्चाबच्चीले के भाषा सिक्छन् ? यसो मोबाइल खोल्छ, खोल्नेवित्तिकै उसले यस्ता-यस्ता शब्दहरु जान्दछ र त्यही शब्द प्रयोग गर्छ । अनि कस्तो हुन्छ भने त्यही शब्द बोलिदिन्छ उसले । त्यही प्रयोग गर्छ । नयाँ पिँढीको एउटा तप्का, एउटा हिस्साचाँहि यसमा अलिकति कसोकसो भएको देखिन्छ ।
    अर्को कुरो, राष्ट्रिय सुरक्षाको वृहत अवधारणाभित्र सञ्चारको पनि प्रश्न जोडिन्छ । राष्ट्रको सुरक्षासँग, गोपनीयतासँग । सूचनाको हकका नाममा राष्ट्रिय गोपनीयता, यो केही हुँदैन जस्तो समाजको परिकल्पना पनि कताकति गरेको देखिन्छ ।
    मान्छे अत्यन्तै बन्धनहरुभित्र भएको प्राणी हो । मान्छेलाई साङ्लाले बाधिँदैन । पर्खालभित्र छेकिँदैन । किनभने ऊ नैतिक बन्धनमा हुन्छ, वाचा बन्धनमा हुन्छ, धार्मिक बन्धनमा हुन्छ, सामाजिक बन्धनमा हुन्छ, इमानको बन्धनमा हुन्छ । सामाजिक मूल्य मान्यताहरु हुन्छन् । यसैकारणले हामीलाई साङ्लाले बाँध्नु नपरेको हो ।
    तर, हामीले आफूले स्वेच्छाले बनाएका अदृश्य बन्धन, जो मानवजातिले हजारौं वर्ष लगाएर समाज विकासका क्रममा आर्जन गरेका ती बन्धन अस्वीकार गर्यौं भने अरु बन्धनमा राख्नुपर्ने जीव र हामीवीचको भिन्नता खोज्नुपर्ने हुन्छ । किनभने अरु जीवहरुले यी अदृश्य बन्धन नबुझ्ने भएको हुनाले उनीहरुलाई हामीले बन्धनमा राख्नुपरेको हो । उनीहरुसँग हाम्रो -मान्छेको) भिन्नता कहाँनेर हो भनेर खोज्नुपर्ने हुन्छ ।
    त्यसैले यो वैयक्तिक विषयमा, सेक्युरिटीका पक्षहरु र गोपनीयताका पक्षहरु एवं अधिकार र कर्तव्यका कुराहरुमा सञ्चार क्षेत्रले झन बढ्ता ध्यान दिनुपर्ने आवश्यकता छ ।
    यस्ता समस्याहरु छन् हामीकहाँ विकास प्रविधिको विकाससँगै । परिवर्तन र विकासका क्रममा अग्रगमनका नाममा आउने खराबीहरु यस्ता पनि छन् । तर, यसबाहेक हामी आज तीव्र विकासको क्रममा छौं । शिक्षामा, स्वास्थ्यमा र सञ्चारलगायत अनेक क्षेत्रमा हामी इन्फरमेसन टेक्नोलोजीलाई अपनाएर अगाडि बढ्दैछौं । हामी अब कम्तिमा इन्फास्ट्रक्चरको क्षेत्रमा पनि ठूलो फड्को मारिरहेको अवस्थामा छौं ।
    अप्टिकल फाइबर २०७५ साल भित्र ७५ वटै जिल्लामा पुग्दैछ । ४६ जिल्लामा पुगिसक्यो, अब अरु जिल्लामा पनि पुग्छ । हामी पुर्याउँछौं ।
    प्रविधिको तीव्रतर विकाससँगै सञ्चारका सबै क्षेत्रलाई व्यवस्थित, प्रभावकारी ढंगले अगाडि बढाउने एउटा अभियानमा छौं । यसका लागि अपरिहार्य माध्यमहरुलाई जति सदुपयोग गर्न सकिन्छ, त्यति नै बढी समाज अगाडि बढ्न सक्छ ।अनलाइनखबरबाट

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: अनलाइनमा कमेन्ट हेर्दा विरक्त लाग्छ : प्रम Rating: 5 Reviewed By: Unknown
    Scroll to Top