728x90 AdSpace

  • Latest News

    Monday, July 11, 2016

    १४ गाविसमा उच्च खाद्य असुरक्षा

    बैतडी, २७ असार – जिल्लाका १४ गाविस उच्च खाद्य असुरक्षित अवस्थामा छन् । जिल्लास्तरीय खाद्य सुरक्षा समितिको तेस्रो चौमासिक बैठकले ती गाविसमा खाद्य असुरक्षा उच्च रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

    विभिन्न १७ वटा सूचकका आधारमा गाविसको खाद्य सुरक्षाको अवस्था विश्लेषण गर्ने गरिएको वरिष्ठ कृषि विकास अधिकृत कमलेश तिवारीले जानकारी दिए ।

    खाद्य उपलब्धता, खाद्यमा पहुँच, खाद्यको उपभोग तथा निरन्तरतामा आधारित रहेर खाद्य सुरक्षाको अवस्था पत्ता लगाइन्छ । सूचकहरुलाई विश्लेषण गर्दा जिल्लाका आम्चोरा, विशालपुर, कुलाउ, महाकाली, पञ्चेश्वर, शर्माली, शिवनाथ, उदयदेव, कोटपेटरा, थालाकाँडा, सिगास, शिवलिङ्ग, न्वादेउ र ढुंगाड उच्च खाद्य असुरक्षित गाविसको सूचीमा छन् ।

    सुख्खा खडेरीका कारण हिउँदेबालीको उत्पादन ह्रास हुनु, घरधुरीको खाद्य सञ्चित घट्नु, जीवन निर्वाहका लागि वैकल्पिक उपाय अपनाउनुपर्ने अवस्था आएका कारण उच्च खाद्य असुरक्षित गाविसमा परेका हुन् । यस्तै २३ गाविस मध्यम खाद्य असुरक्षित अवस्थामा तथा दुई नगरपालिका र बाँकी २१ वटा गाविस न्यूनतम खाद्य असुरक्षित गाविसको सूचीमा रहेका छन् ।



    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: १४ गाविसमा उच्च खाद्य असुरक्षा Rating: 5 Reviewed By: Unknown
    Scroll to Top