दुखेको मन र निराश दिमागले कसरी आफ्नो उत्तरदायित्व राम्रो सँग निभाउन सकिन्छ र ? योग्यता र श्रमको शोषण भइरहेको थाहा छ । तैपनि सेवामा खटिएका छन् नर्स । तर, सेवामा खटिएका नर्सलाई देखेर कसैले भन्न सक्दैन, पिडामा छन् भनेर । किनकी सेवा पहिलो प्राथमिकतामा पर्छ नर्स । मन जतिनै टुटेपनि भावना टुटाउदैनन् नर्स ।
यदि नयाँ पुस्ताले आजका नर्सको अवस्था थाहा पाए भोली यो देशमा नर्सको खडेरी पर्नेछ ।
नर्स वा सिस्टर शब्द सुन्दा निकै प्रिय लाग्छ । यो प्रिय शब्द कसैको स्वार्थका कारण अप्रिय बन्दैछ । लाखौं पैसा असुलेर पढाउछन् अनि तिनै कलेजले आफ्ना अस्पतालमा निःशुल्क काम लगाउँछन् नर्सलाई । यो कहाँको न्याय हो ? लाग्छ, नर्सका लागि न सरकार छ, न त कानुन छ । नर्स शब्द नै सेवाको पर्यायव्याची हो । नर्स शब्दले बिरामीको सेवा गर्ने व्यक्ती भन्ने बुझाउँछ । सायद यही सिमित अर्थ बुझेर होला अहिले पनि बिरामीको घाउ सफा गर्ने र सलाइन जोड्ने काम हो नर्सको भन्ने आम बुझाई छ ।
२१ औं शताब्दीसम्म आइपुग्दा नर्सको कार्य क्षेत्र निकै फराकिलो बनिसकेको छ । अस्पताल मात्र होइन, घर, स्कुल, ठुला उद्योगसम्म नर्सको दायरा थपिएको छ । नर्स बिनाको स्वास्थ्य सेवा कसैले पनि कल्पना गर्न सक्दैन । उपचारमा मात्र होइन जनचेतनाका अभियानमा पनि नर्सको त्यत्तिकै भुमिका छ । नसर्ने रोगको महामारी बढ्दो अवस्थामा नर्सको भुमिका पनि त्यत्तिकै महत्वपूर्ण छ । विश्वले १५ औं शताब्दीमा नर्स पाएको थियो । तर नेपाल २१ औं शताब्दीमा आइपुग्दासम्म पनि नर्सको मुल्य मान्यताबाट बिमुख जस्तो देखिन्छ ।
हामी हाम्रो अधिकारका लागि सडकमा ढुँगा बाल्न नसक्ने होइन । तर यस्तो गर्न हाम्रो पशोले दिदैन । हामी नर्स कोमल ह्दय भएका मात्र होइन सभ्य पनि छौं । त्यसैले हामी चुप छौं । हाम्रो सभ्यतालाई हाम्रो कमजोरी नठान्नुहोला । नर्स जागेको दिन धेरै दर्दनाक हुनसक्छ । हामीलाई धेरै केही चाहिएको छैन । हाम्रो ज्ञान र श्रमको सम्मान गर्नुहोस् यती भए पुग्छ ।swasthya khabar
0 comments:
Post a Comment