728x90 AdSpace

  • Latest News

    Monday, July 11, 2016

    नेपाल मात्र होइन श्रीलंकासँग पनि तर्सियो भारत, चीनसँग मिलेर भारतलाई घेरेको टिप्पणी !

    एजेन्सी– चीनले आफ्नो अर्को छिमेकीसँग मिलेर आफुलाई घेराबन्दीमा पारेको भन्दै भारतमा हंगामा मच्चिएको छ । केही दिन अघि चीनका परराष्ट्रमन्त्री वांग यीको श्रींलका भ्रमणका क्रममा भएको मेरीटाइम सिल्क रोड जोड्ने विषयमा सम्झौता भएपछि यसले भारतलाई घराउमा पार्न लागेको भन्दै भारतीय मिडियाहरुले टिप्पणी गरेका हुन् ।

    शुक्रबार श्रीलंकाका विदेशमन्त्री मंगला समरवीरा र चिनियाँ विदेशमन्त्री वांगबीच भएको द्धिपक्षीय बैठकमा वांगले मेरीटाइम सिल्क रोड चीनको विशेष प्राथमिकतामा परको बताएका थिए ।
    ‘अघिल्ला पाँच वर्षदेखि उठाइएका महत्वपूर्ण विकास योजना मध्ये यो पनि एक हो,’ वांगले भनेका छन्, ‘यो हाम्रो विकासको रणनीति पनि हो, हामीले भविष्यका लागि यसको खाका तयार समेत गरिरहेका छौ, यो सडकमार्फत हामी हिन्दमहासागरको टापु मुलुक श्रीलंमा व्यापारिक केन्द्र बनाउन चाहान्छौ ।’

    चीनको यो नीतिलाई भारतीय मिडियाहरुले विस्तारवादी नीतिको रुपमा व्याख्या गर्दै भारतलाई घेर्ने रणनीति बनाएको आरोप समेत लगाएर टिप्पणी गरेका छन् । चीन र श्रीलंकको यो सम्झौता भारतको हितमा नरहेको समेत उनीहरुको टिप्पणी छ । चीनले एसिया र यूरोपसँग जोडिनका लागि रेशमी राजमार्गको अवधारणा समेत अघि ल्याएको छ ।kathmandu today 

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: नेपाल मात्र होइन श्रीलंकासँग पनि तर्सियो भारत, चीनसँग मिलेर भारतलाई घेरेको टिप्पणी ! Rating: 5 Reviewed By: Unknown
    Scroll to Top