728x90 AdSpace

  • Latest News

    Wednesday, July 20, 2016

    पल्सर स्पोर्ट्स अवार्ड आज : कुन विधामा कसले पाउला ?

    काठमाडौं, साउन ६ – नेपाल खेलकुद पत्रकार मञ्चले बिहीबार विभिन्न विधाका खेलाडीलाई ‘पल्सर स्पोर्ट्स अवार्ड २०७२’ प्रदान गर्दै छ । भूकम्प र भारतको नाकाबन्दीका कारण २०७१ सालको संस्करण भने आयोजना हुन सकेको थिएन । 
    खेलाडी र खेलकर्मीका लागि पल्सर स्पोर्ट्स अवार्ड नेपाली खेल क्षेत्रकै सबभन्दा प्रतिष्ठित सम्मानको रुपमा स्थापित छ । पहिलोपल्ट २०५३ सालमा आयोजना गरिएको यस अवार्ड २०६० सालदेखि निरन्तर हुँदै आएको छ । आठ वटा विधामा उत्कृष्ट खेलाडी र खेल क्षेत्रका व्यक्तिलाई अवार्ड प्रदान गरिन्छ ।

    वर्षका उत्कृष्ट पुरुष, महिला र युवा खेलाडी तथा प्रशिक्षक र पिपुल्स च्वाइस विधामा ५ ५ जनाको मनोनयन यसअघि नै सार्वजनिक भइसकेको छ । पारा एथलिट अवार्ड, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड भने बिहीबार नै प्रदान गरिने मञ्चले जनाएको छ ।

    मनोनयनमा परेका यी खेलाडीबाट कसले पाउला अवार्ड ?

    वर्षका उत्कृष्ट पुरुष खेलाडी

    • नवयुग श्रेष्ठ (फुटबल)
    • विकास थापा (भारोत्तोलन)
    • राजेश चौधरी (उसु)
    • वीरबहादुर महरा (तेक्वान्दो)
    • विकेश कुथु (फुटबल)

     
    वर्षका उत्कृष्ट महिला खेलाडी

    • फुपू ल्हामु खत्री (जुडो)
    • नीमा घर्तीमगर (उसु)
    • गौरिका सिंह (पौडी)
    • रोजा केसी (ट्रायथलन)
    • रेजिना कार्की (तेक्वान्दो)

    वर्षका उत्कृष्ट युवा खेलाडी

    • नीमा घर्तीमगर (उसु)
    • गौरिका सिंह (पौडी)
    • सन्दीप लामिछाने (क्रिकेट)
    • मनीता श्रेष्ठ प्रधान (जुडो)
    • अन्जन विष्ट (फुटबल)

    वर्षका उत्कृष्ट प्रशिक्षक

    • बालगोपाल महर्जन (फुटबल)
    • प्रकाश महर्जन (उसु)
    • दलबहादुर गुरुङ (जुडो)
    • राजुकाजी शाक्य (फुटबल)
    • जगत टमाटा (क्रिकेट)

    पिपुल्स च्वाइस

    • नवयुग श्रेष्ठ (फुटबल)
    • नविता श्रेष्ठ (टेबलटेनिस)
    • प्रतीभा माली (भलिबल)
    • सन्दीप लामिछाने (क्रिकेट)
    • तारादेवी पुन (भारोत्तोलन)
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: पल्सर स्पोर्ट्स अवार्ड आज : कुन विधामा कसले पाउला ? Rating: 5 Reviewed By: Unknown
    Scroll to Top