728x90 AdSpace

  • Latest News

    Wednesday, July 20, 2016

    प्रचण्डले भने : ‘मलाई मुद्दा हाल्ने र जेल पठाउने योजनासमेत बुनिए’

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसदमा गणितका हिसाबले माओवादी केन्द्र तेस्रो भएपनि पछिल्ला घटनाक्रमले पहिलो दलका रूपमा स्थापित गरिसकेको बताएका छन् । उनले १० वटा माओवादी घटकलाई मिलाएर नयाँ माओवादी बनाए पछि माअोवादी अहिले पहिलो शक्तिका रूपमा उभिएको बताएका हुन् ।

    संसदीय दलको बैठकमा प्रचण्डले भने ‘अरूले होच्याउने, खिसिटिउरे गर्ने गरे पनि त्यसको सशक्त प्रतिवाद गर्दै हामी अगाडि बढ्नुपर्छ । हामी विगतमा प्रतिपक्षमा भए पनि भूकम्पपछिको स्थितिमा प्रतिपक्षी व्यवहार कहिल्यै प्रदर्शन गरेनौँ । त्यसवेला संविधान निर्माणको पहल हामीले नै लियौँ । संविधानमा आदिवासी थारू, मधेसीहरू समेटिन सकेनन् । उनीहरूको माग सम्बोधन गर्ने विषयमा आवाज उठाइरह्यौँ, तर त्यस विषयमा पनि ओलीजीले पहल लिन सक्नुभएन ।’


    गोरखा, ओखलढुंगालगायतका क्षेत्रमा माओवादी नेता–कार्यकर्तामाथि यसबीचमा मुद्दा लगाउने काम भएको प्रचण्डको भनाइ थियो । उनले त्यस्तो काममा एमालेनिकटका कानुन व्यवसायी नै अग्रपंक्तिमा उभिएर लागेको अारोप लगाएको आजको नयाँ पत्रिका दैनिकमा दैनिकमा समाचार छ । ।

    उनले भने, ‘माओवादीमा पनि प्रचण्डलाई नै मुद्दा हाल्ने र जेल चलान गर्नुपर्नेजस्ता योजनासम्म उनीहरूले बुने । माओवादीलाई ह्याँकुलाले मिच्न सकिन्छ भनेजसरी उहाँहरू लाग्नुभयो । सत्तासाझेदार दलको व्यवहार माओवादीसँग कहिल्यै देखाउनुभएन ।’

    अाफूहरूले एमालेसँग १४ बुँदे, नौबुँदे हुँदै तीनबुँदे भद्र सहमितसमेत गरेपनि त्यसको कहीँ–कतै कार्यान्वयन नभएको प्रचण्डको गुनासो थियो । अल्पमतमा परिसकेपछि प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने भएपनि अोलीले त्यसरी नसोचेको प्रचण्डले बताए ।
    News24 Nepal 

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: प्रचण्डले भने : ‘मलाई मुद्दा हाल्ने र जेल पठाउने योजनासमेत बुनिए’ Rating: 5 Reviewed By: Unknown
    Scroll to Top