728x90 AdSpace

  • Latest News

    Thursday, July 7, 2016

    अनुगमनका क्रममा मासु पसलमा मन्त्री पुनले भेटे स्याँउस्याँउती किरा, तुरुन्त बन्द गर्न निर्देशन

    काठमाडौं, २४ असार । आपूर्ति मन्त्री गणेशमान पुन आफै बजारको अनुगमनमा निस्के । उनले अनुगमनका क्रममा देखेको निकै अनौठो दृश्य हो मासु विक्रि हुने पसलमा किरा सेता किरा ।

    जब मन्त्रीले यस्तो दृश्य देखे, केही समय मन्त्री जिल्ल परे । मन्त्री अनुगमनका लागि विगत १५ वर्षदेखि सञ्चालनमा आएको सतुङ्गलको एक मासु पसलमा पुगे । उनी मोज मिट सेन्टर भित्र गएर हेर्दा मासुसँगै किरा फेला पारे ।


    उनले पसलमा प्रयोगमा आएको ढक तराजुसमेत नापतौल विभागमा दर्ता नगरेको फेला पारे । यस्तो फेलापारेपछि मन्त्री पुनले बधशालालाई तत्काल शिल गरेर कडा भन्दा भन्दा कडा कारबाही गर्न निर्देशन दिए । यस्ता सामान्य मापदण्डपनि पुरा नगरी सञ्चालनमा आएका सबै मासुपसललाई बन्द गराउने मन्त्री पुनको भनाई छ ।



    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: अनुगमनका क्रममा मासु पसलमा मन्त्री पुनले भेटे स्याँउस्याँउती किरा, तुरुन्त बन्द गर्न निर्देशन Rating: 5 Reviewed By: Unknown
    Scroll to Top