728x90 AdSpace

  • Latest News

    Thursday, July 7, 2016

    अमेरिकामा चार प्रहरीको गोली हानी हत्या

    डल्लास- अमेरिकाको डल्लासमा प्रदर्शनकारीको गोलीबाट चार प्रहरी अधिकारीको मृत्यु भएको छ। प्रहरीले दुई अश्वेत जातिका मानिसको गोली हानी हत्या गरेको भन्दै उनीहरुले प्रहरीलाई लक्षित गरी गोली चलाएका थिए।

    भीड शहरतर्फ अघि बढ्दै गर्दा एक व्यक्तिले प्रदर्शनकारीतर्फ गोली चलाएका थिए। गोली चलाउने अज्ञात व्यक्तिको खोजी भइरहेको डल्लास प्रहरीका प्रमुख डेभिड ब्राउनले बताएका छन्। उनले घटनामा अन्य प्रहरी अधिकारहरु घाइते भएको र केहीको अवस्था गम्भिर रहेको बताए।

    प्रहरीले एक शंकास्पद व्यक्तिको तस्बिर सार्वजनिक गरेपछि त्यहाँका अवस्था झनै भड्किएको छ। डल्लास प्रहरीले अफ्रिकी मूलका अमेरिकनलाई ज्यादती र दमन गर्दै आएको आरोप लाग्ने गर्छ।

    अमेरिकी राष्ट्रपति बाराक ओबामाले भने अश्वेत अमेरिकनहरु प्रहरीको निशानामा पर्ने गरेको भन्दै यसको निष्पक्ष छानबिन गर्ने बताएका छन्। उनले आफूलाई छालाको रंगकै आधारमा गरिने विभेद्ले अत्यन्तै दुःखि बनाएको बताए।

    बुधबार सेन्ट पाउलको ट्राफिक प्रहरी पोस्ट निजिकै फिलान्डो क्यास्टललाई एक प्रहरीले गोली हानी हत्या गरेका थिए। सोही दिन ब्याटोन रोजमा पनि प्रहरीको गोलीबाट एल्टन स्र्ट्रेलिङको हत्या भएको थियो। दुबै घटनाको सीसी क्यामेराले भिडियो कैद गरेको थियो। भिडियो अहिले भाइरल बनेको छ।ujyaalo90 network 

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: अमेरिकामा चार प्रहरीको गोली हानी हत्या Rating: 5 Reviewed By: Unknown
    Scroll to Top