728x90 AdSpace

  • Latest News

    Sunday, July 17, 2016

    चिनियाँ कम्पनीद्वारा नक्कली भ्याट बिल

    कामठाण्डु, ३ असार– चमेलिया जलविद्युत आयोजनाको सिभिल ठेकेदार चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेड (सिजिजिसी) ले नक्कली भ्याट बिल बनाएर एक अर्ब १६ करोड रुपैयाँ राजस्व छलेको पाइएको छ ।

    ठूला करदाता कार्यालयले गत शुक्रबार सिजिजिसीलाई आर्थिक वर्ष २०६६/६७ देखि २०६७/६८ सम्मको कर निर्धारण गर्दै ७८ करोड आयाकर र १३ करोड २५ लाख रुपैयाँ मूल्य अभिवृद्धि कर तिर्नुपर्ने उल्लेख गरी पत्राचार गरेको छ ।

    यसअघि आन्तरिक राजश्व विभागले २५ करोड रुपैयाँ भ्याज सिजिजिसीले तिर्नुपर्ने गरी निर्धारण गरेको थियो । विभाग र कार्यालयले गरेको अन्तिम कर निर्धारणमा एक अर्ब १६ करोड रुपैयाँ पुगेको हो । अन्नपूर्ण पोस्टबाट



    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: चिनियाँ कम्पनीद्वारा नक्कली भ्याट बिल Rating: 5 Reviewed By: Unknown
    Scroll to Top