728x90 AdSpace

  • Latest News

    Sunday, July 17, 2016

    आठ कम्पनीलाई इन्धन आयात अनुमति

    काठमाडौँ ३ साउन । पूर्वाधार निर्माणसहित इन्धन आयात गरेर बिक्री वितरण गर्न सरकारले आठवटा कम्पनीलाई अनुमति दिएको छ । नेपाल आयल निगम सरह इन्धन आपूर्ति गररेर बिक्री गर्न यस्ता कम्पनीलाई अनुमति दिइएको हो । 

    आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक गोकुल धितालका अनुसार गत असार ६ गते विराट पेट्रोलियम प्रालि, पेट्रोलिम्याक्स प्रालि, हिमालयन प्रालि, ट्रान्स हिमालयन कर्पोरेसन, नेशनल पेट्रोलियम प्रालि, डीडी पेट्रोलियम लगायतलाई आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न अनुमति प्रदान गरिएको हो ।

    यसैगरी यसअघि वाणिज्य विभागमार्फत आएको मालिकालाई पनि भौतिक पूर्वाधार निर्माण गर्न अनुमति प्रदान गरिएको छ । धितालका अनुसार मन्त्रिपरिषदको निर्णयअनुसार २०६९ फागुन ३० गते वाणिज्य तथा आपूर्ति मन्त्रालयका तत्कालीन समयमा पेट्रोलियम तथा ग्यास नियमन आदेशअनुसार निजी क्षेत्रले पनि इन्धन आयत गरेर कारोबार गर्न पाउने बाटो खुलाएको थियो । सोहीअनुसार निजी क्षेत्रले निगमै जस्तै इन्धन आयात गरेर कारोबार गर्न आवश्यक प्रक्रिया अघि बढाएका हुन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।


    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: आठ कम्पनीलाई इन्धन आयात अनुमति Rating: 5 Reviewed By: Unknown
    Scroll to Top