काठमाडौं, ६ साउन । भारत–चीन सीमा नजिकै भारतीय सेनाले युद्धक ट्याङ्क तैनाथ गरेपछि चीनले भारतलाई सचेत गराएको छ ।
चीनका अधिकारीले सरकारी पत्रिका ग्लोबल टाइम्समा लेख प्रकाशित गर्दै भारतको यो कदमको कडा आलोचना गरेका छन् । यसले चिनियाँ निवेश प्रवाहमा असर पार्न सक्ने भन्दै सच्याउन भारतलाई आग्रह गरेका छन् ।लेखमा चीनले भारतसँग दोस्ती गर्न खोजेको तर, भारतले सीमामा एकतर्फी रुपमा ट्यांक पठाएर मुडभेड गर्न खोजेको उल्लेख छ । धेरै चिनियाँ कम्पनी अहिले भारतको विकास निर्माणमा खटिरहेको भन्दै भारतको पछिल्लो कदमले दुई देशबीच तिक्तता अझै बढ्न सक्नेतर्फ पनि सचेत गराइएको छ ।
यसअघि भारतले लद्दाख स्थित चिनियाँ सिमा नजिक सय वटा ट्याङक तैनाथ गरेको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार चीन तर्फबाट चिनियाँ सेना लगातार भारतीय भुमिमा घुसपैठ गर्न थालेपछि भारतको केन्द्र सरकारले ट्याङ्क तैनाथ गरेको हो ।हाम्रो नेपाल डट कम

0 comments:
Post a Comment