728x90 AdSpace

  • Latest News

    Thursday, July 21, 2016

    ओनसरी घर्तीको प्रयास सफल, भयो तीन दलबीच सैद्धान्तिक सहमति

    काठमाण्डु, ६ साउन– सभामुख ओनसरी घर्तीको पहलमा भएको प्रमुख तीन दलको बैठक सफल भएको संकेत मिलेको छ । संसदमा दर्ता भएको अविश्वास र आश्रित विद्येयकको प्रस्तावलाई लिएर सत्ता पक्ष र विपक्षबीच देखिएको मतभेद हटाउन
    ओनसरी बुधबार देखि नै सक्रिए भएर लागेकी थिइन् । उनले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसहित तीन दलका शीर्ष नेतालाई भेटेर सहमतिमा आउन आग्रह गरेकी थिइन् । साथै बिहीबार पनि दलहरुबीच यी दुई विषयमा मतभेद जारी रहेपछि उनले दुई पटकसम्म दललाई राखेर सहमतिको प्रयास गरेकी थिइन् । जसअनुसार दिउँसो १ बजेपछि भएको छलफलमा दलहरुबीच सैद्धान्तिक सहमति बनेको हो । बैठकमा सहभागी नेताहरुले दिएको जानकारी अनुसार कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले आफुहरुले संसदमा दर्ता गराएको प्रस्ताव फिर्ता लिने र र प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुपर्ने प्रस्ताव अघि सारेका थिए । उनको प्रस्तावमा सकारात्मक रहेका बैठकमा सहभागी सबै नेताले अविश्वासको प्रस्ताव फिर्ता लिएर आश्रित विद्येयक पारित गर्न दिने र त्यसपछि ओलीले राजीनामा दिने विषयमा छलफल भएको थियो । सबैको कुरा सुनेपछि ओलीले यदि यस विषयमा प्याकेजमा सहमति हुने हो भने आफू बाधक नबन्ने बताएका थिए । साथै उनले आफ्नो सरकारले तय गरेको तीन वटै चुनावको विषयमा समेत प्याकेजमा सहमति हुनुपर्ने धारणा राखेका थिए । बैठकपछि बाहिरिने क्रममा ओली निकै निराश देखिन्थे । उनी कसैसँग केही नबोली बैठकस्थलबाट बाहिरिएका थिए । kathmandu today 
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: ओनसरी घर्तीको प्रयास सफल, भयो तीन दलबीच सैद्धान्तिक सहमति Rating: 5 Reviewed By: Unknown
    Scroll to Top