काठमाण्डु, ४ साउन– सभामुख ओनसरी घर्तीले राज्यको तटस्थ र महत्वपूर्ण जिम्मेवारमा रहेका व्यक्तिहरुलाई पार्टीगत धारणाबाट नहेर्न आग्रह गरेकी छन् ।
बालुवाटारस्थित सभामुखको सरकारी निवासमा मंगलबार अनलाइन पत्रिकाका सम्पादकहरुसँगको कुराकानीमा उनले आफूलाई माओवादी केन्द्रसँग जोडेर नहेर्न आग्रह गरिन् ।
घर्तीले आफू पार्टीभन्दा माथि उठेर संसदको कार्यसञ्चालन नियमावली र विगतको परम्परालाई आधार मानेर निर्णय लिएको बताइन् ।
‘राज्यको महत्वपूर्ण जिम्मेवारमिा रहेका व्यक्तिहरुका बारेमा संकीर्ण भएर पार्टी निर्देशनमा चलेको आरोप लगाउनु भएन’, घर्तीले भनिन्, ‘मलाई माओवादी, राष्ट्रपतिलाई एमाले र प्रधानन्यायाधिसलाई कांग्रेससँग जोडेर हेर्न मिलदेन ।’
यद्यपी घर्तीले आफ्नो राजनीतिक पृष्ठभूमिबारे भने स्वीकार गरिन् । ‘म माओवादी हुँ भन्ने सबैलाई थाहा छ’, घर्तीले भनिन्, ‘तर, म अहिले सभामुखको भूमिकामा छु ।’
घर्तीले आफ्नो भूमिकाबारे सत्तारुढ एमालेले गरेको आशंका गलत रहेको दाबी गरिन् । संसद चलिरहेको अवस्थामा प्रधानमन्त्रीविरद्ध अविश्वासको प्रस्ताव दर्ता भएकाले स्वविवेकीय अधिकार प्रयोग गरेर अविश्वासको प्रस्तावको टुंगो लगाएर मात्र संसदमा अन्य विषय प्रवेश गराउने निर्णय लिएको उल्लेख गरिन् ।
यद्यपि आफूले पहिला बजेटको आश्रित विद्येयक पारित गराउन जोड गरेको विषयलाई नबिर्सन आग्रह गरिन् ।
‘माओवादी केन्द्रका नेताहरु र प्रमुख सचेतकलाई पहिले आश्रित विद्येयक पारित गराऔँ भनेर आग्रह गरेकी थिएँ’, घर्तीले भनिन्, ‘तर, दलहरुबीच सहमति हुन सकेन ।’
आर्थिक विद्येयक पहिल्यै पारित गराउने उद्धेश्यले नै आफूले गत असार २९, ३० र ३१ गते संसद बैठक राखेको जानकारी गराइन् ।
विद्येयक वा अविश्वासको प्रस्तावमध्ये एउटालाई पहिले पारित गराउन आफू तयार रहेको उनले बताइन् ।kathmandu today
0 comments:
Post a Comment