भारतले लद्दाख स्थित चिनियाँ सिमा नजिक सय वटा ट्याङक तैनाथ गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। अझै केही थप ट्याङकहरु पनि त्यहाँ लगिदै गरेको बताइएको छ।
एनडिटिबीका अनुसार लद्दाखमा टिपु सुल्तान, महाराणा प्रताप र औरंगजेव लगायतका ट्याङकहरु ६ महिना यता परिचालन गरिएका हुन्।
भारतले यसअघि भारत-चीन युद्द भएको समय सन् १९६२मा विमानबाट ५ वटा ट्याङ्क त्यहाँ उतारेको थियो । तर ती ट्याङ्क पुग्नु अघिनै भारत चीनसगँ पराजित बनेको थियो।
ट्याङ्क अग्ला पहाड अनि खोँचमा तैनाथ गरिएको जनाइएपनि ठ्याक्कै कुन इलाकामा तैनाथ गरिएको छ, सुरक्षा र रणनीतिक कारणले गर्दा नखुलाइएको जनाइएको छ।
लद्दाखमा ट्याङ्क राख्न चुनौती
भारतीय सेनाका कर्नेल विजल दलालका भन्छन्,’यतिको उचाइमा ट्याङ्क तैनाथ गरिराख्नु निकै चुनौतीपूर्ण छ। यो इलाकाको तापक्रम माइनस ४५ डिग्री सेल्सियससम्म झर्ने गर्छ, जसको कारण ट्याङ्कको कार्यक्षमतामा असर पर्छ।’
उनी भन्छन, ‘ट्याङ्कमा कुनै असर नपरोस्, यसको लागि सेनाले विशेष लुब्रिकेन्टस् र इन्धनको प्रयोग गर्छन्। मेसिन जाम नहोस्, यसको लागि ट्याङ्कको इन्जिनलाई राती पनि दुइ पटक सञ्चालन गरिन्छ।’
चीन तर्फबाट लगातार घुसपैठ भएकाले ट्याङ्क तैनाथ गरिएको भारतीय मिडियाले जनाएका छन्। सो इलाकामा सडक तथा एयरस्ट्रिप बनाउनु निकै खर्चिलो हुने हुँदा ट्याङ्क तैनाथ गरिएको हो। ट्याङ् तैनाथ गरेर आफ्नो हिस्सा आफै सुरक्षित गर्नेसक्ने सन्देश भारतले चीनलाई दिन चाहेको बुझिन्छ।
nepaliheadlines

0 comments:
Post a Comment