728x90 AdSpace

  • Latest News

    Saturday, July 9, 2016

    तीन वर्षभित्र सबै नेपालीलाई स्वच्छ खानेपानी

    काठमाडौं । खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंहले सबै नेपालीलाई स्वच्छ खानेपानी सेवा उपलब्ध गराउन सबै साधन र स्रोतको प्रयोग गरिने बताएका छन् ।

     

    व्यवस्थापिका–संसद्को बैठकमा विनियोजन विधेयक, २०७३ अन्तर्गत शनिबार भएको छलफलमा खानेपानी तथा सरसफाइ मन्त्रालयबारे सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले आगामी तीन वर्ष्भित्र सबै नेपालीलाई स्वच्छ खानेपानी सुविधा उपलब्ध गराउन सरकार प्रयत्नशील रहेको बताए ।

     

    पाल्पा, गोरखा, जुम्ला, मुगु जस्ता जिल्लामा बृहत् खानेपानी आयोजना सञ्चालनका लागि बहुवर्षीय आयोजना सुरु गरिएको जानकारी दिँदै उहाँले मेलम्ची खानेपानी आयोजनालाई आव २०७३÷७४ मा सम्पन्न गरिने र याङ्ग्री र लार्केको पानी समेत सोही परियोजनामा जोड्ने तयारी गरिएको उल्लेख गरे ।

     

    वाग्मती, विष्णुमती, हनुमन्ते जस्ता खोलामा ढल प्रशोधन केन्द्र निर्माण गरिने, जिल्ला सदरमुकाम तथा अन्य सहरी क्षेत्रमा सरसफाइको काम प्रभावकारी रुपमा अगाडि बढाइने र तराई–मधेसका जिल्लामा आर्से्निकरहित खानेपानी उपलब्ध गराइने जानकारी दिए ।


    ‘जनताको लगानीमा खानेपानी’ भन्ने योजनालाई अगाडि बढाउन सरकारले आवश्यक साधन तथा स्रोतको परिचालन गरेको स्पष्ट पार्दै उहाँले एक घर एक धाराको परियोजना पनि लागू गरिने बताए ।

     

    वर्षात्को पानी सङ्कलन तथा भूमिगत स्रोतको प्रयोग गर्दै सुक्खा क्षेत्रमा खानेपानी उपलब्ध गराइन्छ भन्दै उहाँले मुलुकका विभिन्न स्थानमा जलाशय निर्माण गरी जलाधार क्षेत्रको संरक्षण एवम् सम्बद्र्धन गरिने उनको कथन थियो ।

     

    नयाँ नगरपालिका, जिल्ला सदरमुकाम र प्रदेश सदरमुकाममा खानेपानी तथा सरसफाइसम्बन्धी योजनालाई एकीकृत रुपमा अगाडि बढाउने लक्ष्य सरकारले राखेको उल्लेख गर्दै मन्त्री सिंहले ‘सफा सहर सफा गाउँ’को लक्ष्य पूरा गरिने प्रतिबद्धता व्यक्त गरे ।

     

    खानेपानी सेवाको विस्तार एवम् विविधीकरण गर्दै काठमाडौँ उपत्यकामा सहज रुपमा उक्त सेवा उपलब्ध गराउने र त्यसलाई मुलुकका विभिन्न जिल्लामा विस्तार गरिने तथा नेपाल खानेपानी संस्थानलाई थप सबल एवम् सक्षम बनाइने मन्त्री सिंहले उल्लेख गरे ।

     

    सांसद कमलप्रसाद पङ्गेनी, अमरसिंह पुन, निशाकुमारी साह, नवीन्द्रराज जोशी र अनुराधा थापा मगरले मन्त्री सिंहसँग स्पष्टीकरण मागेका थिए । राससglobal nepali patra 

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: तीन वर्षभित्र सबै नेपालीलाई स्वच्छ खानेपानी Rating: 5 Reviewed By: Unknown
    Scroll to Top